कोभिड महामारी थप फैलिने खतरा रहेको भन्दै श्रीलंकामा देशव्यापी कर्फ्यूको म्याद फेरि थप

कोलम्बो - श्रीलङ्कामा देशव्यापी कर्फ्यूको म्याद फेरि थप गरिएको छ । स्वास्थ्य मन्त्री केहेलिया राम्बुक्वेलाले शुक्रबार दिएको जानकारी अनुसार थप गरिएको कर्फ्यू आगामी अक्टोबर १ सम्म लागु हुनेछ ।
कोभिडको महामारी थप फैलिने खतरा अझै पनि रहेकाले कर्फ्यूको म्याद थप्नु परेको उनको भनाइ छ । राष्ट्रपति गोटावाया राजापाक्षेको अध्यक्षतामा बसेको राष्ट्रपतीय कार्यदलको बैठकले कफ्र्युको म्याद थप्न अनुमति दिएको हो ।
महामारीको अवस्था र विज्ञहरूको विश्लेषण तथा सुझावका आधारमा कर्फ्यूको म्याद थप्ने बारेमा स्वास्थ्य मन्त्रीले प्रस्ताव गरेका थिए । कर्फ्यू लागु भएपनि अत्यावश्यक सेवा तथा कामका लागि भने कुनै बाधा नहुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
'आम नागरिकको आधारभूत आवश्यकता, बाध्यता र अनिवार्यतासँगै देशको अर्थतन्त्रलाई समेत ध्यान दिएर हामीले अत्यावश्यक कतिपय काम तथा सेवा सञ्चालनका लागि कुनै बाधा नहुने व्यवस्था गरेका छौँ,' स्वास्थ्य मन्त्री राम्बुक्वेलाले भने।
कर्फ्यूका कारण महामारी न्यूनिकरणका लागि धेरै सहयोग पुगेको दाबी गर्दै उनले चाडै सवै नागरिकले खोप लगाउन पाउने विश्वास व्यक्त गरे । श्रीलङ्कामा अहिले पनि डेल्टा भेरियन्टको कोभिड तीव्र रूपमा फैलिएको विज्ञहरूले जानकारी दिएका छन् । श्रीलङ्कामा अहिलेसम्म चार लाख ९८ हजार ६९४ जना कोभिडबाट सङ्क्रमित भएका छन् भने ११ हजार ८१७ जनाको मृत्यु भएको छ । रासस

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया