साढे दुई वर्षपछि प्रदेश २ मा लेखा समिति गठनकाे तयारी

जनकपुरधाम : सत्तारुढ नेकपाकोे आन्तरिक विवादले प्रदेश २ अहिलेसम्म सार्वजनिक लेखा समिति गठन गर्न सकिएको छैन । प्रदेशका विभिन्न ७ वटा समिति मध्ये ६ वटा गठन भए पनि लेखा समिति गठन हुन सकेको छैन ।
प्रमुख प्रतिपक्षीको हैसियतले नेकपाले लेखा समितिको नेतृत्व पाए पनि पार्टीको आन्तरिक विवादका कारण गठन हुन सकेको छैन । पार्टीको आन्तरिक विवादका कारण लेखासमितिको सभापति चयन हुन नसकेको नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले स्वीकार गरे । तर प्रदेश सभा गठन भएको साडे दुई वर्षपछि समिति गठनको तयारी थालिएको उनको भनाइ छ । ज्वाला साहको नेतृत्वमा समिति गठन गर्ने तयारी भइरहेको उनले बताए । साह नेकपा अध्यक्ष पुष्पकमल दाहाल निकटका हुन् ।
‘विवाद करिब टुंगो लागिसकेको छ,’ नेता मण्डलले भने, अध्यक्ष दहाल र नेता प्रभु साहको दबावपछि प्रदेशसभा सदस्य ज्वाला साहलाई लेखासमितिको सभापतिको उम्मेदवार बनाउने तयारी भइरहेको छ ।’ साहलाई उम्मेदवार बनाउने सम्म्पूर्ण तयारी पूरा भए पनि पार्टीभित्रै भरत साहलगायतका सांसदको विरोधका कारण पुनः स्थगित गर्नु परेको उनको भनाइ छ ।
तर इतर समूहलाई मनाउने प्रयास पनि भइरहेको उनले बताए । विरोधका बिच साहको उम्मेदवारीका लागि सम्पूर्ण तयारी पूरा गरेर सभामुखलाई बुझाइ सकेको मण्डलले बताए । प्रदेशसभा सचिवालयले पनि केही दिनभित्रै सार्वजनिक लेखा समिति चयन हुने जनाएको छ ।
यता सभामुख र संसद सचिवालयको गैरजिम्मेवारीका कारण समिति गठनमा ढिलाइ भएको सत्तारुढ दलका प्रदेशसभा सदस्यहरूको आरोप छ । तात्कालिन समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्र यादवले समिति गठन नहुँदा सरकारलाई काम गर्न समस्या भएको बताए । त्यस्तै तत्कालिन राजपाका प्रमुख सचेतक परमेश्वर साहले पनि समिति नहुँदा सरकारमाथि भ्रष्टाचारका विभिन्न आरोप लाग्दै आएको बताए । जसको प्रमुख जिम्मेवार प्रदेश सभा सचिवालय र सभामुख हुने उनले बताए ।
प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवले पनि सार्वजनिक लेखा समितिको काम सचिवालयबाट भइरहेको स्वीकार गर्दै समिति गठन र सभापति चयन हुन नसक्दा अधिकांश काम रोकिएको उनले बताए । प्रदेशसभामा लेखासमिति नहुँदा प्रदेश सरकारले मनपरी ढंगले बजेट खर्च गर्दै आएको छ । समिति नहुँदा विकास निर्माणका नाममा भइरहेका अनियमितताका आरोपबारे छानविन नहुँदा मनपरी झन बढेदै गएको छ ।
गत वर्ष प्रदेशसभा सचिवालयकै १ करोड ७९ लाख रुपैयाँ बेरुजु छ । महालेखा परीक्षकको प्रारम्भिक प्रतिवेदनमा तलब बुझेर कर कट्टा नगराएका ४ जना प्रदेशसभा सदस्यबाहेक सभामुख, उपसभामुख लगायतका ९३ लाख रुपैयाँ बेरुजु छ । यसअघि पनि लेखा समिति गठनको प्रयास भने नभएको होइन, २०७५ सालमा प्रयास भए पनि पार्टीको आन्तरिक विवादका कारण सफल हुन सकेन ।
लेखा समितिको सभापतिका लागि २०७५ मंसिर २३ गते बसेको संसदीय दलको बैठकले प्रदेशसभा सदस्य भरतप्रसाद साहलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । यद्यपि नेकपाकै अर्का प्रदेशसभा सदस्य शत्रुघन महतोले दाबी गरेपछि विवाद उत्पन्न भएको थियो, जुन आजसम्म जारी छ ।
प्रदेशसभाका ७ वटा संसदीय समितिमध्ये तात्कालिन संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल २/२ तथा नेपाली कांग्रेसले एक र नेकपाले दुईवटा समितिको नेतृत्व गर्ने गरी भागवण्डा भएको थियो ।

प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

जसपा बारा अध्यक्षमा रमेश यादव

मंगलवार मधेस प्रदेशमा सार्बजनिक बिदा
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

हरिपुरमा रामजानकी मन्दिर निर्माण सुरू

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने

प्रतिक्रिया