सरकारले खरिद गरी ९४ लाख खोप भित्र्यायो
डेढ करोड बढी खोप भित्रियो, पूर्ण मात्रा १८ प्रतिशतले लगाए

काठमाडौँ- नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान शुरु भएको करिब नौ महिना हुन लागेको छ । माघको दोस्रो सातादेखि भारतले अनुदानस्वरुप उपलब्ध गराएको कोभिसिल्ड १० लाख खोप पहिलोपटक लगाइएको थियो । नेपाल दक्षिण एसियामा खोप अभियान शुरु गर्ने दोस्रो मुलुक हो ।
खोप खरिद गरेर ९४ लाख खोप भित्र्याएको छ । भारतसँग १० लाख र चीनबाट ८४ लाख खोप खरिद ल्याएको हो । भारतसँग खरिद गरेको १० लाख खोप आउन बाँकी छ ।
९४ लाख खोप खरिद गरेको र कोभ्याक्स कार्यक्रम अन्तर्गत अनुदानमा छवटा मुलुकले ६३ लाख ९४ हजार कोभिडविरुद्धको खोप उपलब्ध गराएको हो । हालसम्म नेपालमा १ करोड ५७ लाख ७९ हजार ४ हजार खोप भित्रिएको छ । शुक्रबार मात्र नेपाल वायुसेवा निगमको जहाजबाट चीनबाट ४४ लाख भेरोसेल खोप ल्याइएको हो ।
चीनबाट अनुदानस्वरुप १८ लाख र खरिद गरी ८४ लाख भेरोसेल खोप ल्याइएको छ । भारतबाट कोभिसिल्ड खोप ११ लाख अनुदानस्वरुप र खरिद गरी १० लाख ल्याइएको थियो । भुटानबाट २ लाख ३० हजार, अमेरिकाबाट जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार, बेलायतबाट १ लाख ३० हजार र जापानबाट अनुदानस्वरुप १६ लाख खोप अनुदान स्वरुप ल्याइएको हो ।
पूर्ण मात्रा खोप लगाउनेको संख्या ५५ लाख ७ हजार ३८० पुगेको छ । जोनसन एण्ड जोनसन १४ लाख १५०, भेरोसेल २६ लाख ५५ हजार १५६ र कोभिसिल्ड १४ लाख ५२ हजार ७४ जनाले खोप लगाइसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकोअनुसार कोभिडविरुद्धको पहिलो र दोस्रो खोप गरी १ करोड १५ लाख ९० हजार ५०४ जनाले खोप लगाइसकेका छन् । असोजसम्मम सरकारले ३३ प्रतिशत जनतालाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ । पूर्ण मात्रा खोप १८ दशमलव ५६ प्रतिशत र पहिलो मात्रा २० दशमलव ५ प्रतिशतले लगाइसकेका छन् ।
सरकारले अनुदानबाट एक लाख ६ हजार फाइजरको खोप ल्याउन लागेको छ । करिब दुई महिना भित्रमा अनुदानको खोप भित्र्याउने तयारी गरिरहेको छ ।
बालबालिकालाई लगाउन ६० लाख खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ । खोप महाशाखा र आपूर्ति व्यवस्थापन महाशाखाले फाइजर खोपलाई कसरी व्यवस्थापन गर्ने त्यसमा ध्यान थालिसकेको छ ।
नेपालमा कोभिड-१९ को संक्रमित देखिएको भने दुई वर्ष पुग्न लागेको छ । पहिलो कोभिड संक्रमति चीनबाट अध्ययन गरी आएका विद्यार्थीलाई २०७६ माघ १० गते कोभिड पुष्टि भएको थियो । जुनबेला उनलाई कोरोना पुष्टि भएको थियो त्यो समयमा अस्पतालबाट निको भइ घर पुगिसकेका थिए ।
पहिलो कोभिड-१९ संक्रमित महिलाको भएको एक वर्ष भइसकेको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय सुत्केरी महिलाको २०७७ जेठ १ गते मृत्यु भएको थियो । महामारी शुरुवातमा नियन्त्रणबाहिर भएपनि खोपको विकाससँगै यो मानिसको नियन्त्रणमा आएको छ । यद्यपि हालसम्म मुलुकमा कोभिडकै कारण-११ हजार बढीले ज्यान गुमाइसकेका छन् ।

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

प्रतिक्रिया