मेटमणि चौधरीको नेतृत्वमा नेकपा एस लुम्बिनी प्रदेश कमिटी गठन

बुटवल - नेकपा (एकीकृत समाजवादी)ले लुम्बिनी प्रदेश कमिटी गठन गरेको छ । शुक्रबार बुटवलमा सम्पन्न बैठकले केन्द्रीय कमिटी सदस्यसमेत रहेका मेटमणि चौधरीको नेतृत्वमा लुम्बिनी प्रदेश कमिटी गठन गरेको हो ।
चौधरी अध्यक्ष रहेको कमिटीमा रुपन्देहीका राजु गुरुङ सचिव, जिल्ला अध्यक्षहरू सदस्य रहने गरी प्रदेश कमिटी बनाइएको सचिव गुरुङले जानकारी दिए। उनका अनुसार कमिटीलाई आगामी केन्द्रीय कमिटिको बैठक र प्रदेश भेलापछि पूर्णता दिइनेछ।
भेलाले लुम्बिनी प्रदेशका सबै जिल्लाहरूमा भेला र बैठकहरू गर्ने निर्णय गरेको छ। बैठकमा लुम्बिनी प्रदेशका जिल्ला अध्यक्षहरूले जिल्लामा पार्टी संगठनको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।
निर्वाचन आयोगबाट ९ भदौमा दल दर्ताको प्रमाण पत्र पाएको नेकपा एसले जिल्ला र प्रदेश कमिटी गठनलाई तीव्रता दिएको छ । यसैबीच शुक्रबार काठमाडौंस्थित मीनभवनमा पार्टीको केन्द्रीय कार्यालय पनि उद्घाटन गरिएको छ ।

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिनिधिसभाको बैठक बस्दै

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

प्रतिक्रिया