आन्तरिक विमानस्थलमा भद्रगोल : न एक्सरे मेसिन, न सुरक्षाकर्मी
सुरक्षा चेकजाँचले घण्टौँ ढिला उडान

काठमाडौँ- त्रिभुवन विमानस्थलको आन्तरिक विमानस्थलको एक्सरे मेशिनहरू पुरानो र सुरक्षा जाँचमा जनशक्ति अभाव भएको छ । पुरानो मेशिन भएकाले चेकजाँचमा बाधा अडचन नआवस भनेर वायु सञ्चालक संघले सरकारको ध्यानाकर्षण गराएको छ ।
सुरक्षा चेकजाँचमा सहज र सजिलो बनाइदिनलाई संघले आग्रह गरेको छ । आन्तरिक विमानस्थलमा यात्रुको संख्या अनुपातमा पूर्वाधार तथा व्यवस्थापनको कमजोरी रहेकाले मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय र गृह मन्त्रालय सिंहदरबारलाई लेखिएको पत्रमा संघले उल्लेख गरेको छ ।
सुरक्षासम्बन्धी पूर्वाधारको कमी र सुरक्षा चेन ईन एरियामा एक्सरे मेशिन पर्याप्त नभएको र तथा भएका पनि ज्यादै पुरानो रहेको छ । पूर्वाधार कमी भएका कारणले गर्दा यात्रुहरूको दैनिक भिड बढेको र नेपाल सरकारद्वारा तोकिएको सुरक्षा मापदण्ड पालनासमेत भएको छैन ।
यात्रुहरू सुरक्षा चेकजाँचमा डेढ घण्टासमम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेको संघले औँल्याएको छ । वायुसेवाहरूको पनि घण्टौँ ढिला उडान हुने गरेको छ ।
विमानस्थलमा कार्यरत कर्मचारी, प्राधिकरणका कर्मचारी र प्रहरीहरूले सुरक्षा चेकजाँचमा नभ्याएको तथा कर्मचारीहरू थकित र निरुत्साहित बनेको संघका प्रथम उपाध्यक्ष अनोज रिमालले बताए ।
'आन्तरिक विमानस्थलमा देखिएको समस्या समाधान नगरे दसैँ, तिहार र छठ जस्ता चाडपर्वमा यात्रुको चाप बढन गई गम्भीर अवस्था सिर्जना हुन्छ', रिमालले भने ।
चेक-इन गरिसकेपछि हाते ब्याग र शरीर जाँच गर्ने ठाउँको भित्ता फोडी रिमालले दुई गेटको सट्टा चारवटा बनाउन सुझाव दिए । पुरानो एक्शरे मेसिनहरू हटाएर नयाँ प्रविधिको यन्त्रहरू जडान गर्नुपर्ने उनको भनाइ छ । यात्रुहरूले जुत्ता र बेल्ट खोल्नुपर्ने व्यवस्था हटाउनसमेत उनले माग गरे । सबै एक्सरे मेसिनहरू सधैँ सुचारु राखी जगेडा पनि गर्नुपर्नेछ ।
आन्तरिक विमानस्थलमा सुरक्षाकर्मीको संख्या बढाउनुपर्ने रिमालको ठहर छ । 'प्रहरीको दरबन्दी बढाउन नसकेमा गैह्रप्रहरी जनशक्ति थप्नुपर्छ,' उनले भने ।
कोभिड-१९ को महामारीमा पनि आन्तरिक उडान सुचारु भएकाले हजारौ नेपाली आफ्नो गन्तव्यमा पुग्न सफल भएका छन् । आगामी दिनमा यात्रुको संख्या बढनेमा रिमालले विश्वास व्यक्त गरे । आन्तरिक उडानले राष्ट्रको अर्थतन्त्रमा थप टेवा पुग्ने उनले बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया