आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

भारतीय रिजर्व बैंकले आजदेखि पूर्ण रूपमा लागू गर्‍यो आरटीजीएस

मुम्बईः डिजिटल कारोबार गर्नेहरूका लागि भारतले खुशीको खबर दिएको छ । भारतीय रिजर्व बैंकले सोमबारदेखि २४ सै घण्टा रियल टाइम ग्रोस सेटलमेन्ट (आरटीजीएस) को सुविधा कार्यान्वयनमा ल्याएको छ ।

सेवाग्रहीहरूले अब उपरान्त आरटीजीएस मार्फत कुनै पनि समयमा पैसा हस्तान्तरण गर्न सक्नेछन । यसपश्चात् भारत आरटीजीएस सुविधा २४ सै घण्टा उपलब्ध भएका देशहरुको सूचीमा समावेश हुनेछ । आरबीआईका गभर्नर शक्तिकान्त दासले कोरोना युगमा अनलाइन लेनदेनमा उल्लेखनीय वृद्धि भएकोले आरबीआईले आरटीजीएस सुविधा वर्षैभर र २४ सै घण्टा उपलब्ध गराउने निर्णय गरेको बताए । आरबीआईले भारतीय वित्तीय बजारको तर्फबाट विश्वव्यापी एकीकरणको प्रयासलाई सहयोग पु-याउन आरटीजीएसको समय विस्तार गर्ने निर्णय गरेको पनि उनले बताए । आरटीजिएस डिजिटल कोष स्थानान्तरणको एक विधि हो । यसको मद्दतबाट पैसा एकदमै छोटो समयमा हस्तान्तरण हुन्छ । आरटीजीएस मुख्य रूपमा ठूलो रकम स्थानान्तरणको लागि प्रयोग गरिन्छ । यस मार्फत न्यूनतम २ लाख र अधिकतम

१० लाख भारतीय रूपैयाँ पठाउन र प्राप्त गर्न सकिने भारतीय रिजर्व बैंकले जनाएको छ । 

विद्युतीय कोष हस्तान्तरण स–सानो कारोबारका लागि अत्यन्त महत्वपूर्ण छ । भारतमा आरटीजीएस सन् २००४ को मार्च २६ देखि सुरु भएको हो र सुरुवातमा यो सेवामा चार बैंक सहभागी थिए । अहिले भारतमा दुई सय ३७ बैंकले यस सुविधा अन्तर्गत ४१ खर्ब ७० अर्ब भारतीय रुपैँया बराबर दैनिक ६ लाख ३५ हजार दैनिक कारोबार हुन्छन् । 

नोभेम्बर महिनामा आरटीजीएस कारोबारको औसत आकार ५७ लाख ९६ हजार भारतीय रुपैँया छ । यससँगै विद्युतीय कोष हस्तान्तरण प्रणालीबाट उच्च आकारको भुक्तानी समेत हुँदै आएको देखिन्छ । लाभग्राही खातामा कर्जामा पनि सकारात्मक सुनिश्चितता आरटीजीएसमा उपलब्ध छ ।

चौबीसै घण्टा आरटीजीएस सेवाको उपलब्धताले सहायक भुक्तानी प्रणालीमा अतिरिक्त फरफारक हुने व्यवस्थामा लचकता विस्तार गरेको छ । यसलाई भारतीय वित्तिय बजार र बाह्य मुलुकमा हुने भुक्तानीमा पनि यसको लाभ प्राप्त गर्न सकिन्छ । यसअघि, भारतीय रिजर्व बैंकले विद्युतीय कारोबार विस्तार गर्न विद्युतीय फण्ड ट्रान्सफर र आरटीजीएस कारोबारमा शुल्क नलाग्ने व्यवस्था गर्नुका साथै बैंकहरुलाई यसको लाभ उपभोक्तासमक्ष पुर्याउन आग्रह गरेको थियो । 

भारतीय रिजर्व बैंकले आरटीजीएस र विद्युतीय कोष हस्तान्तरणमा बैंकहरुसँग अत्यन्त न्यून शुल्क लिन थालेपछि भने बैंकहरुले उपभोक्तासाग पनि शुल्क लिन थालेका छन् । आरटीजीएस ठूलो आकारको फण्ड तत्काल हस्तान्तरणका लागि हो भने विद्युतीय कोष हस्तान्तरणबाट २ लाख भारतीय रुपैँयासम्म हस्तान्तरण हुँदै आएको छ । 
(द इण्डियन एक्स्प्रेसबाट)