टोकियोमा नोमिनेसन, न्युयोर्कमा अवार्ड

काठमाडौं: जापानको टोकियोमा दुई संस्करण अवार्ड आयोजना गरेको ‘सूर्य इन्टरनेसनल अवार्ड’ अब अमेरिकाको न्युयोर्कमा बाँडिने भएको छ । आयोजक संस्था सूर्य कर्पोरेसन प्रबन्ध निर्देशक वासुदेव लामिछानेले तेस्रो संस्करणको मनोनयन टोकियोमा गरिने र अवार्ड वितरण न्युयोर्कमा गरिने जानकारी गराएका छन् । अवार्डको चाँजोपाँजो मिलाउन हाल अमेरिकामा नै रहेका उनले काठमाडौंमा औपचारिक कार्यक्रम गरी थप जानकारी दिने बताए ।
कर्पोरेसनले २०१५ देखि ‘साकुरा नाइट’ नामक स्वदेश तथा विदेशमा म्युजिकल कार्यक्रम गर्दै आईरहेको छ । कार्यक्रमबाट भएको मुनाफाको केही अंश समाजसेवामा लगाउंँदै आएको कर्पोरेसनले विशेष गरी जापान तथा नेपालमा कार्यक्रम गर्ने गरेको छ । सूर्य कर्पोरेसनले विदेशमा नेपाली चलचित्रको पनि वितरण गर्ने गरेको छ नेपालको निकै चलेको ब्यानर ‘छक्का पन्जा’’ टिमको जापान राईट्स पनि यसै कर्पोरेसनले लिएको थियो । केहि समय अगाड़ी भुवन केसी र अनमोल केसीसंग काजल फिल्म्सको अब बन्ने चलचित्रको बिश्वभरको लागि इन्टरनेसनल राइट्स लिइसकेको छ ।
विदेशमा नेपाली फिल्म प्रदर्शन र गर्दै आएका लामिछानेले सन् २०१८ बाट सुरुवात गरेको यो अवार्डलाई डायस्पोरामा हुने ठूलो अवार्ड मध्ये एक मानिन्छ । नेपाली कला संस्कृतिलाई टेवा पुर्याउदै आइरहेको सूर्य कर्पोरेसनका अध्यक्ष लामिछानेले कोरोना महामारीको कारण ठप्प झैँ बनेको नेपाली फिल्मनगरीलाई यसले थोरै भएपनि टेवा दिलाउने विश्वास लिएको बताए ।
अवार्ड समारोहमा वर्षभरि सार्वजनिक भएका फिल्म र संगीतका कलाकार तथा प्राविधिकलाई अवार्ड प्रदान गरिँदै आएको छ । समारोहमा दुई दशक लामो फिल्मी यात्रा तय गरेका एक फिल्मकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड , एक दशकलामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान र एक पत्रकारलाई फिल्म पत्रकारिता सम्मान पनि प्रदान गरिँदै आएको छ ।

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

प्रतिक्रिया