एमालेद्वारा लुम्बिनी प्रदेश सभा अवरोध

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिहीबार प्रदेश सभामा अवरोध गरेको छ । पार्टीले कारबाही गरेका सांसद् अजय शाही र बिमला खत्री वलीलाई सभामुखले पदमुक्त गरेको सूचना ननिकालेपछि एमालेले प्रदेश सभामा अवरोध गरेको हो ।
बिहीबार बैठक सुरु भएलगतै प्रदेशसभामा एमाले सांसद्ले उठेर विरोध जनाउँदै रोष्टमतिर गएका थिए । एमाले सांसदको नाराबाजी चलिरहेका बेला बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभामा विवादित सांसदबारे जानकारी गराएका थिए । यसलगत्तै सभामुखले बैठक सकिएको र आगामी बैठक ७ असोजमा बस्ने जानकारी दिए । विपक्षी गठबन्धनको सरकारमा सहभागी भएको भन्दै एमालेले शाही र वलीलाई कारबाही गरेको थियो । उनीहरूलाई सभामुखले पदमुक्त गरेर सूचना टाँस नगरेसम्म प्रदेश सभामा अवरोध गर्ने एमालेको अडान छ ।

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिनिधिसभाको बैठक बस्दै

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

प्रतिक्रिया