भेरी नदीमा कालिकोटकी महिला बेपत्ता

सुर्खेत - कालिकोटकी एक महिला भेरी नदीमा बेपत्ता भएकी छन् । सुर्खेतको वीरेन्द्रनगर वडा नम्वर ११ स्थित भेरी पुलस्थित नदीबाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कालिकोट तिलागुफा नगरपालिकाका २५ वर्षिय अमला परियार नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।
भेरी नदीको किनारमा कपडा, मोबाइल र चेक लगायतका सामाग्रीहरु भेटिएपछि मलामीहरुले प्रहरीमा खवर गरेका थिए । मलामीहरुले खवर गरेपछि जिल्लास्थित प्रहरीको टोली भेरी नदी किनारमा पुगेको थियो । ‘भेरी नदीको किनारमा कपडा, मोबाइल र चेकलगायतका सामान भेटिएको छ । त्यही सामग्रीको आधारमा महिलाको पहिचान भएको हो’ उनले भने, ‘बेपत्ता भएकी महिलाको हामीले खोजी कार्य गरिरहेका छौ तर, भेटिएको छैन ।’

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

प्रतिक्रिया