युरोपेली संघले गरिब देशलाई २० करोड खोप दिने

स्ट्रासवर्ग, फ्रान्स - युरोपेली संघले न्युन आय भएका गरिव मुलुकहरुलाई कोभिडविरुद्धको २० करोड खोप सहयोग स्वरुप प्रदान गर्ने भएको छ । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले २० करोड थप खोप गरिव देशहरुलाई प्रदान गर्ने प्रतिवद्धता गरिएको जानकारी दिए ।
'गरिव राष्ट्रहरूलाई थप २० करोड खोप उपलब्ध गराउने आज हामीले निर्णय गरेका छौँ,' युरोपेली संसदको बार्षिक बैठकमा उनले भने । उनीहरूलाई उपलब्ध गराउने भनिएको खोप अर्को बर्ष सन् २०२२ को मध्य सम्ममा उपलब्ध हुनसक्ने उनले जानकारी दिए ।
उनले संघको यो योजनालाई सहयोग गर्न र त्यसका लागि सहयोगको घोषणा गर्न पनि सवैलाई आह्वान गरे । गरिब देशहरूलाई यसरी गरिने सहयोग विश्व स्वास्थ्यकै लागि योगदान र लगानीको रुपमा लिनु पर्नेमा समेत उनले जोड दिएका छन् ।
विश्वका कतिपय देशहरूले अहिलेसम्म पनि कोभिडविरुद्धको खोप पर्याप्त रुपमा पाउन नसक्नु चिन्ताको विषय भएकाले धनी र शक्तिशाली राष्ट्रहरूले योगदान गर्नुपर्ने उनको भनाइ छ । रासस

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया