माधव नेपालको झुण्डमा लाग्नुभन्दा कांग्रेसमा प्रवेश गर्नु उत्तम : विष्णु पौडेल

काठमाडौँ - नेकपा एमालेका उपमहासचिव तथा पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले एमालेबाट छुट्टीएर माधवकुमार नेपालले गठन गरेको नेकपा (एकीकृत समाजवादी) मा लागेर घुमाउरो तरिकाले नेपाली कांग्रेसको सेवा गर्नुभन्दा सीधै कांग्रेसमा प्रवेश गर्नु उत्तम हुने अभिव्यक्ति दिएका छन् ।
बुटवलमा रूपन्देही कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले माधव नेपालले कुनै सिद्धान्तनिष्ठ नभएर स्वार्थकेन्द्रित राजनीति गरेको आरोप लगाए ।
एमालेबाट अलग्गिएर कांग्रेसको पछि लागेका नेपाललाई वामपन्थी भन्न नसुहाउने पौडेलको भनाइ थियो ।
‘माधव नेपालको झुण्डमा लाग्नुभएका साथीहरूले नेपालमार्फत् कांग्रेसको सेवा गर्न जरुरी छैन । बरु त्यसका लागि सोझै नेपाली कांग्रेसलाई सहयोग गर्ने बाटाहरू छन्,’ उनले भने, ‘तर माधव नेपालको झुण्डले जुन गतिविधि गरेको छ त्यो सैह्य छैन ।’
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले इतिहासमै बलियो र ठूलो कम्युनिष्ट पार्टी निर्माण गरेपनि सहअध्यक्ष बनेका पुष्पकमल दाहालले पार्टी कब्जा गर्न खोजेको र माधव नेपाललगायत स्वार्थी प्रवृत्तिले सघाएका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुर्घटनामा परेको पनि उल्लेख गरे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया