दैलेखमा शिक्षक हत्या आरोपी सार्वजनिक

वीरेन्द्रनगर - दैलेखमा शिक्षक हत्या आरोपमा प्रहरीले एक महिलालाई बुधबार सार्वजनिक गरेको छ । दैलेखको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको हत्यामा संलग्न भन्दै प्रहरीले उनलाई सार्वजनिक गरेको हो ।
छिमेकी २५ वर्षीया मुना रानाले बिसीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाले उनलाई प्रक्राउ गरिएको दैलेख प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले बताए ।
‘मुनाले नै शिक्षक बिसीको घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको स्वीकार गरेकी छिन्,’ डीएसपी श्रेष्ठले भने । मुनाको कोठाबाट धारिलो हतियारसमेत बरामद भएको उनले बताए ।
व्यक्तिगत रिसइबीका कारण आफूले शिक्षक बिसीको हत्या गरेको मुनाले बयान दिएको प्रहरीले जनाएको छ । उनी गुराँस गाउँपालिका– ८, छोटेपोखरीकी रहेको प्रहरीले जनाएको छ । ४२ वर्षीय शिक्षक बिसी उक्त विद्यालयमा अढाई दशकदेखि कार्यरत थिए ।

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

यस्तो छ आज तपाईंको भाग्य
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

प्रतिक्रिया