बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

प्रेस काउन्सिलले पत्रकार र सञ्चारमाध्यमलाई पुरस्कृत गर्ने

फाइल फोटो

काठमाडौँ – प्रेस काउन्सिलले आफ्नो वार्षिकोत्सवका अवसरमा क्रियाशील पत्रकार तथा विभिन्‍न सञ्चारमाध्यमलाई पुरस्कृत गर्ने भएको छ । पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउँदै पत्रकारिता आचारसंहिताको पूर्ण पालना गर्न यो पुरस्कारले प्रोत्साहित बनाउने प्रेस काउन्सिलले विश्वास व्यक्त गरेको छ ।

प्रेस काउन्सिलले विभिन्न १० शीर्षकमा पत्रकार र सञ्चार माध्यमलाई पुरस्कृत गर्ने भएकाे हाे । जसमा प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारबाट भारदत्त कोइराला (काठमाडौं), प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट बद्रि विनोद खनाल प्रतीक (कास्की) पुरस्कृत हुने भएका छन् । यस्तै प्रेस काउन्सिल आचारसंहिता पुरस्कार हिमालय टाइम्स दैनिक उज्ज्वल शर्मा (काठमाडौं) प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार विमल गौतम(बाग्लुङ, हाल काठमाडौं), दुर्गालाल केसी (दाङ)ले पाएका छन् ।  

प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कारबाट लक्की चौधरी (कैलाली, थारु भाषा), प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार माधव नेपाल (सिन्धुपाल्चोक), बिन्दुकान्त घिमिरे (लमजुङ), गोविन्दप्रसाद चौलागाईं (रौतहट), रामानन्द गुप्ता (सिरहा), वासुदेव शर्मा बबिन (सिन्धुपाल्चोक), सुशील अर्याल (गोरखा), रमेश ढुंगेल (रामेछाप) पुरस्कृत भएका छन् । 

यस्तै घनश्याम खड्का (भक्तपुर), उर्वशी बस्नेत न्यौपाने (गुल्मी), एलपी देवकोटा (जुम्ला), जीवन सेजुवाल (मुगु), मेघराज खड्का (रुकुम), केसी लामिछाने (पर्सा), देवेन्द्र बस्नेत (दाङ), देवचन्द्र भट्ट (नुवाकोट), चुडामणि लिम्बू (झापा), भगवती थापा (गुल्मी) शिवकुमार रिजाल काशी (मकवानपुर), रमेश खतिवडा (दोलखा), जगन्नाथ दुलाल (सिन्धुपाल्चोक), तीथै जैशी (कैलाली)ले प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार पाएका छन् । 

प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार अन्तध्र्वनि साहित्यिक त्रैमासिक (दाङ, सम्पादक पुरुषोत्तम खनाल)ले पाएको छ भने जमुना वर्षा शर्मा (कास्की), रुपा गहतराज (बाँके), अञ्जु कार्की (मोरङ) प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार रोहित राई सुनसरी, अनन्त अनुराग महतो (सप्तरी), करन ताम्राकार (डडेल्धुरा)ले पाएका छन् । प्रेस काउन्सिलले केही दिनमा आयोजना गर्ने विशेष समारोहबीच उनीहरूलाई पुरस्कार वितरण गर्ने प्रेस काउन्सिलले जनाएको छ ।