मानव बेचबिखन नियन्त्रणमा कैलाली प्रहरी उत्कृष्ट
एसपी अधिकारीद्वारा सम्मानपत्र ग्रहण

कैलाली : जिल्ला प्रहरी कार्यालय कैलाली मानव बेचबिखनबिरुद्ध कार्य गर्ने उत्कृष्ट कार्यालयका रुपमा पुरस्कृत भएको छ । देशभरीका ७७ वटा प्रहरी कार्यालयसहित सम्पूर्ण प्रहरी युनिटहरुमध्ये जिल्ला प्रहरी कार्यालय कैलाली मानव बेचबिखन रोकथाम तथा नियन्त्रणका क्षेत्रमा कार्य गर्ने उत्कृष्ट कार्यालयका रुपमा पुरस्कृत भएको हो ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालयलाई मानव बेचबिखन रोकथाम र नियन्त्रणका लागि उत्कृष्ट कार्य गरे वापत आज मन्त्रालयमा सम्मान गरिएको हो । एसपी विश्व अधिकारीले उत्कृष्ट कार्यालयको पुरस्कार ग्रहण गरेका थिए ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालय कैलालीलाई मानव बेचबिखनलाई गम्भीरतापूर्वक लिदै त्यस्ता घट्ना नियन्त्रणका लागि प्रयास गर्ने र त्यस्ता घट्नामा संलग्न व्यक्तिहरुविरुद्ध मुद्दा दर्तादेखि पीडितलाई न्याय दिलाउन उत्कृष्ट कार्य गरेकोले सम्मान गरेको जनाएको छ ।

हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

चन्द्रपुरमा लागुऔषध नियन्त्रण अभियानः १० जनामाथि मुद्दा

विकासका लागि वित्तपोषण सम्बन्धी सम्मेलनअघि सरकारलाई नागरिक समाजको ५ बुँदे मा…

सेरीनको चौथो बुढानीलकण्ठ अन्तरविद्यालय फुट्सल प्रतियोगिता आयोजना हुँदै

शरद चन्द्र शाह मेमोरियल फाउन्डेसनद्वारा “एससीएसएमएफ स्पोर्टस अवार्ड”को दोस्रो सं…
आज र भोलि विभिन्न १२ जिल्लामा भारी वर्षा हुने सम्भावना

हजार घरधुरीलाई बरदान बनेको पुलमा पुग्दा मेयर सापकोटाले सम्झिने किटिनेको त्य…

प्रतिक्रिया