पोखरामा रात्रिकालीन व्यवसाय शुक्रबारदेखि खुला

पोखरा - पोखरामा रात्रिकालीन व्यवसाय शुक्रबारदेखि खुल्ने भएको छ । कोभिड- १९ संक्रमणको महामारीका कारण झण्डै दुई वर्षदेखि बन्द रहेका पोखराका डान्सबार, दोहोरी घर, नाचघरजस्ता रात्रिकालीन व्यवसाय शुक्रबारदेखि खुल्ने भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीले स्वास्थ्य मापदण्ड पालन गरेर राति १ः३० बजेसम्म व्यवसाय खोल्न पाउने आदेश सार्वजनिक गरेको छ । ‘नाचघर, क्लब, डान्सबार, दोहोरीजस्ता रात्रिकालीन व्यवसायहरू सरकारले तोकेको स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर, गराएर राति १ः३० बजेसम्म सञ्चालन गर्न सकिने,’ प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बुधबार जारी गरेको आदेशमा उल्लेख छ ।
बुधबार जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले जिल्लामा निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेपछि सोहीअनुसार प्रमुख जिल्ला अधिकारीले रात्रिकालीन व्यवसाय खुला हुने आदेश जारी गरेका हुन् । कास्कीमा होटल तथा रेस्टुरेन्टसमेत राति साढे ११ बजेसम्म खुल्न पाउने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । कास्कीमा ०७८ वैशाख तेस्रो सातादेखि निषेधाज्ञामा कडाइ गरिएको थियो ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया