गृहले परिवर्तन गर्यो १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी
तीन जनालाई मन्त्रालय तानियो

काठमाडौँ – गृह मन्त्रालयले १५ प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । १२ जनालाई जिल्लामा सरुवा गरिएको छ भने तीन जनालाई मन्त्रालयमा तानिएको छ ।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार घनश्याम उपाध्यायलाई ललितपुरको प्रजिअ बनाएर पठाइएको छ । उनी मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख थिए ।
त्यस्तै रुद्र शर्मालाई भक्तपुर पठाइएको छ । उनी गुल्मीमा थिए । पुण्यविक्रम पौडेललाई गुल्मी, शंकर अर्याललाई गोरखा, काशिराज दाहाललाई मोरङ लगिएको छ । कोषहरि निरौलालाई मन्त्रालय तानिएको छ । दिपक पहाडीलाई रामेछाप, नुरहरि खतिवडालाई संखुवासभा पठाइएको छ ।
टेकनारायण पौडेललाई मन्त्रालय तानिएको छ । त्यस्तै टेकराज निरौलालाई दोलखा, बासुदेव घिमिरेलाई मन्त्रालयमा ल्याइएको छ । आश्मान तामाङलाई चितवन, कृष्णा लम्साललाई धादिङ, विरेन्द्र यादवलाई उदयपुर र ऋषि तिवारीलाई रुपन्देही सरुवा गएिको छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया