ब्रेक्जिटपछिको व्यापार वार्ता जारी राख्न ईयू र ब्रिटेन सहमत

युरोपेली संघ र ब्रिटेनबीच ब्रेक्जिटपछिको व्यापार सम्झौतामाथि वार्ता जारी राख्ने विषयमा सहमति भएको छ । ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली संघकी अध्यक्ष उर्जुला फोन डेर लायनले 'अघि बढ्नका लागि जिम्मेवार हुन जरूरी रहेको' बताएका छन् ।
दुवै जना बीच 'सुल्झिन बाँकी केही मुद्दा' मा पनि कुराकानी भएको छ । यो साताको सुरुमा जोनसन र फोन डेर लायनले यी विषय सुल्झाउनका लागि थप वार्ता गर्ने कि नगर्ने भनेर आइतवारसम्मको समय तय गरेका थिए ।
यद्यपि ब्रिटेनका विदेशमन्त्री डोमिनिक राबले आइतवारपछि वार्ता जारी रहने सम्भावना निकै कम रहेको बताएका थिए । दुवै पक्षले वार्ता जारी राख्ने सहमति गरेसँगै उनीहरूले ब्रसल्समा रहेका वार्ताकारलाई 'ढिलै भए पनि सहमतिमा पुग्न सकिन्छ कि हेर्न' भनेका छन् ।
ब्रिटेन र युरोपेली संघबीच ब्रेक्जिटपछिको व्यापार सम्झौतालाई लिएर गत मार्च महिनादेखि वार्ता भइरहेको छ र सङ्क्रमणकालीन समय आउँदो डिसेम्बरको अन्त्यमा सकिनेछ । ३१ डिसेम्बरसम्म सम्झौता हुन नसके दुवैले विश्व व्यापार संगठनका नियमहरू मान्नुपर्नेछ ।
कुनै व्यापार सम्झौता बिना नै व्यापार हुँदा आयात र निर्यात दुवैमा सामानमाथि शुल्क लाग्नेछ । यसैबीच, युरोपेली आयोगले ब्रेक्जिटपछिको व्यापार सम्झौताबारे ब्रिटेनसँग सहमति हुन नसकेको खण्डमा भन्दै आकस्मिक योजनाहरू प्रकाशित गरेको थियो ।
ती योजनाहरूमा युके र युरोपेली संघ ईयूबीच हवाई र स्थलमार्गको यातायात सहज बनाउने सुनिश्चितता लगायत माछामार्ने पहुँचको सम्भाव्यता समेटिएका छन् । युकेले यो वर्षको ज्यानुअरीमै युरोपेली संघ छोडेको थियो तर सम्झौतामा सहमत हुनका लागि वार्ता गर्ने प्रयास स्वरुप दुई पक्षलाई ११ महिनाको सङ्क्रमणकालीन समय दिइएको थियो ।
आयोगकी अध्यक्ष फोन डेर लायनले सबै खालका परिस्थितिका लागि तयार रहनुपर्ने आफूहरूको जिम्मेवारी रहेको बताउँदै आएकी छन् । यदि सम्झौता हुन नसकेको खण्डमा महत्त्वपूर्ण सेवाहरूमा असर नपरोस् भनेर चारवटा आकस्मिक उपायहरू प्रस्ताव गरिएका थिए । फोन डेर लायनले शनिवार जोनसनसँगको कुराकानी 'रचनात्मक र उपयोगी' भएको बताएकी छन् । बीबीसी

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया