घोडाघोडी र यूनिक नेपाल एक आपसमा गाभिँदै
काठमाडौँ - घोडाघोडी लघुवित्त वित्तीय संस्था र यूनिक नेपाल लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएको छ । असोज १६ मा घोडाघोडीको वार्षिक साधारणसभा डाकिएको छ । यो साधारणसभामा घोडीघोडा र यूनिक नेपालबीच मर्जरका लागि दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबार को मुल्यांकनकर्ता दिक्षित एण्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट, नेपालगञ्ज बाँकेबाट प्राप्त दुवै संस्थाको चल, अचल सम्पत्ति, दायित्व र कारोबारको मूल्यांकन प्रतिवेदन पारित गर्ने उल्लेख छ ।
संयुक्त मर्जर समिति तथा दुवै संस्थाकोको सञ्चालक समितिले स्वीकार गरेको घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको १०० कित्ता शेयरलाई यूनिक नेपालको ५० कित्ता शेयर (१:०:५०) सेयर आदान प्रदान अनुपात पारित गर्ने विशेष प्रस्तावमा उल्लेख छ ।
घोडीघोडा लघुवित्त र यूनिक नेपाल गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि गठित संयुक्त मर्जर समितिबाट दुबै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकनकर्ता नियुक्त चार्टड एकाउन्टेन्ट्स फर्म दिक्षित एण्ड एसो सिएट्स चार्टर्ड एकाउन्टेन्ट्स, नेपालगञ्ज बाँकेको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने उल्लेख छ ।
घोडीघोडा र यूनिक नेपाल गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा राष्ट्र बैंकबाट भदौ १५ गते प्रारम्भिक सैद्धान्तिक सहमति प्राप्त भैसकेको छ । दुई वित्तीय संस्था मर्जर गर्ने सम्बन्धमा भएका लिखित सम्झौताहरूलगायत सोसँग सम्बन्धित संयुक्त मर्जर समिति एवं संस्था सञ्चालक समितिबाट भएका सम्पूर्ण निर्णयहरु एवं दुई संस्था बीच भएको मर्जर सम्बन्धी अन्तिम सम्झौता स्वीकृत एवं अनुमोदन गर्ने उल्लेख छ ।

हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र

सुनको मूल्य बढ्यो, तोलाको कतिमा कारोबार हुँदैछ ?

पहिलो पटक मोटरेबल सडकले जोडियो बागलुङको उपल्लोबेङ्ग्री

मानसरोबरको सिजन सुरू, कैलाश पर्वतका अझै ५ रहस्य गर्भमै

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

सिंहदरबारमा बजेट माग्नेहरूको दौडधुप घुइँचो

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु
_WReWwa01hD_72g7mzbrhuq7rpxdbvwq7rk245fltfcesgjqdcmzcr58gnq1ziycd9sz6ju0_DF22OdoZHC_btybqqqy7j6st8dze430lmav6oegbvojrqz86kwzdevflg06ctjezrpk9u5g.jpg)
प्रतिक्रिया