बैतडीका सबै विद्यालय खुले

बैतडी- भारतसँग सीमा जोडिएको बैतडीका सबै स्थानीय तहका विद्यालय आजदेखि सञ्चालन भएका छन् । कूल ६ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्लाका सबै स्थानीय तहका विद्यालयमा भौतिक रुपमै पठनपाठन सुरु भएको हो ।
दोगडाकेदार गाउँपालिकाका विद्यालय सञ्चालनमा आएसँगै जिल्लाका सबै स्थानीयतहमा पठनपाठन सुरु भएको हो । स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालयमा भौतिकरुपमै पठनपाठन कार्य सञ्चालन गरिएको दोगडाकेदार गाउँपालिका-३ श्रीकोटस्थित सनातन धर्म माविका प्रधानाध्यापक वलदेवनाथले जानकारी दिए ।
विद्यालयमा मास्क अनिवार्य गरिएको छ । स्यानिटाइजर र साबुनपानीले हात धुने व्यवस्था छ । उनले भने, 'कक्षा कोठामा पनि विद्यार्थी बीच सकेसम्म सामाजिक दूरी कायम गरेका छौँ तर विद्यार्थी बढी र कक्षा कोठा कम भएकाले त्यसमा कठिनाई भएको छ ।'
भौतिक रुपमै पठनपाठन कार्यमा सहभागी हुन पाउँदा विद्यार्थी खुसी भएका छन् । मेलौली, पुर्चाैडी, दशरथचन्द, पाटन नगरपालिका तथा डिलाशैनी, सुर्नया, शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिकाका विद्यालयमा यसअघि नै पठनपाठन सुरु भइसकेको छ । भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म कोरोनाका कारण १८ जनाको मृत्यु भइसकेको छ । हाल यहाँ २० सक्रिय सङ्क्रमित छन् ।
शिवनाथ, पञ्चेश्वर, सिगास र डिलाशैनीमा हाल कोरोनाका सक्रिय सङ्क्रमित शून्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । बैतडीमा ५६२ विद्यालय छन् जसमध्ये २४ संस्थागत र बाँकी सामुदायिक विद्यालय रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । रासस

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_5Bu8WlOWvf_v1ugkllngn0gicsiqqfa2e0uvyfdcwxzrkb2hdsdcns1nzd21bilwpefwexe.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया