पराराष्ट्रको पत्रमा एनआरएनएको असन्तुष्टि

काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परराष्ट्रले गत भदौ २५ मा काटेको पत्रप्रति असन्तुष्टि व्यक्त गरेको छ । मन्त्रालयले भदौ २५ गते एनआरएनको चुनावी प्रक्रिया स्थगन गर्न पत्र काटेको थियो । आगामी अक्टोबर २३ देखि २५ मा महाधिवेसनको मिति तय भैसकेको अवस्थामा परराष्ट्रले काटेको पत्रमा संघले असन्तुष्टि जनाएको हो । एनआरएनएले जारी गरेको विज्ञप्तिमा केहि विरोधी पक्षले गरेको आग्रहमा मन्त्रालयले यस्तो पत्र काट्नु आश्चर्य रहेको जनाएको छ ।
विरोधी पक्षले संघको आन्तरिक प्रक्रियाबाट महाधिवेशन प्रतिनिधिमाथि दाबी विरोध गर्नुको सट्टा कुनै ठोस प्रमाण र आधार बिना परराष्ट्र मन्त्रालयमा सिधै उजुरी दिनु दु:खद् भएको जनाएको छ । संघले महाधिवेशनका लागि प्रतिनिधि छनोटका क्रममा कुनै अनियमितता नभएको दाबी गरेको छ। संघले चुनाव पहिले तोकिएकै मितिमा हुने दाबी पनि गरेको छ । ८५ देशमा फैलिएको संजालमा यस्तो घटना आउनु सामान्य भएको संघले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

प्रतिक्रिया