ओली बुटवल आउँदै, कार्यकर्ता भेलालाई को-कसले गर्दैछन् सम्बोधन ?
बुटवल- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल आउँदै छन्। रुपन्देहीका एमाले अगुवा कार्यकर्ता भेला सम्बोधन गर्न बुटवल आउन लागेका हुन् ।
केहि दिन यता देश दौडाहामा निस्केका ओलीले मंगलबार आफ्नो गृहजिल्ला झापामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए । बुटवल देवीनगर मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने प्रचार विभाग प्रमुख मोहन चापागाईंले बताए ।
भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य महेश बस्नेतलगायतले सम्बोधन गर्नेछन् ।
कार्यक्रममा जिल्लाका करिव १५ हजार अगुवा कार्यकर्ता तथा पार्टी सदस्यहरु सहभागी हुने एमालेले जनाएको छ । एमाले लुम्बिनी प्रदेश कमिटी बैठकले पार्टी विभाजनका नाममा अलमलमा परेका नेता कार्यकर्तालाई स्पष्ट पार्न निर्देशन दिए बमोजिम जिल्लामा बृहत् भेला आयोजना गरिएको एमाले रुपन्देही अध्यक्ष शिवराज सुवेदीले बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया