सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

कक्षा १२ को परीक्षा आजदेखि

काठमाडौँ - कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को आजदेखि सुरु हुने परीक्षाको सम्पूर्ण तयारी सकिएको जनाएको छ । बोर्डकाअनुसार विद्यार्थीले पढेकै विद्यालयबाट परीक्षा दिन पाउँनेछन् । कोभिड सङ्क्रमण पुष्टि भएका विद्यार्थीहरूलाई पछि छुट्टै व्यवस्था गरिने बोर्डले जनाएको छ । यसपालि कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुनेछन्।

कोभिड महामारीका कारण यसअगाडि पटकपटक परीक्षा स्थगित भएको थियो। अधिकांश विद्यार्थीहरूले कोभिविरूद्ध खोप लगाएपछि परीक्षा सुरु हुन लागेको छ। यसअघि गएको जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो । तर कोभिडका कारण साउनमा पनि स्थगित गरिएको थियो । परीक्षा असोज ८ गते सकिनेछ।