धनगढीका लागि सुख्खड पुगिसकेको जहाज जब नेपालगञ्ज फर्कियो...
कैलाली : काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाज प्रतिकुल मौसमका कारण नेपालगञ्जमा अवतरण गरेको छ । मौसम खराब भएका कारण धनगढी विमानस्थलमा अवतरण हुन नसकेको जहाजले नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको हो ।
मौसम सुधार हुने आशामा जहाजले घोडाघोडी नगरपालिकाको आकाशमाथि झण्डै आधा घण्टा फन्को लगाएको थियो । तर मौसम नसुध्रिएपछि विमान नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको हो ।
मौसमकै कारण साँझ पाँच बजेर ५ मिनेटमा काठमाडौँबाट उड्नु पर्ने जहाज झण्डै ६ बजे उडेको थियो । सवा सात बजे सुख्खडको आकाशमा पुगेको जहाज धनगढी विमानस्थलमा अवतरण गर्न सक्ने अवस्था नभएपछि फर्केर नेपालगञ्ज गएको बुद्ध एयर धनगढीका ईञ्चार्ज बुधराम माझीले बताए । मौसम खराब हुँदा केही समय आकाशमै होल्ड हुनु परेपछि केही यात्रु आत्तिएका थिए ।
मौसममा सुधार भएपछि नेपालगञ्ज विमानस्थलमा इन्धन भरेर केहीबेरअघि जहाज धनगढी विमानस्थलमा अवतरण गरेको छ ।

हुरी र असिनापानीले एक जना घाइते

अपिहिमाल बेसक्याम्पमा पहिलोपटक योग ध्यान शिविर गरिने

युट्युबबाट सीप सिकेर उद्यम
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

प्रतिक्रिया