जाजरकोटमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेत - जाजरकोटमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । नलगाड नगरपालिकाको खारा भन्ने ठाउँबाट कालीमाटी जाँदै गरेको भे १ ज ९८७ नम्बरको माइक्रोबस दुर्घटना हुँदा बारेकोट गाउँपालिका–२ की ४२ वर्षीय शान्ति रोकाया र जुम्ला गुठिचौरका ५५ वर्षीय मंगल महतराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी मधुकुमार थापाले जानकारी दिए ।
घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडीमा कति सवार थिए भन्ने पनि स्पष्ट खुल्न सकेको छैन । दुर्घटनापछि फरार रहेका चालकलाई अहिले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

यस्तो छ आज तपाईंको भाग्य
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

प्रतिक्रिया