५३४ कैदीको कैद मिनाह गर्न गृहको सिफारिस
७ जनालाई आममाफी दिन राष्ट्रपतिलाई सिफारिस

काठमाडौँ – गृह मन्त्रालयले ५३४ जना कैदी बन्दीको कैद मिनाहका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । गृह मन्त्रालयले आज ५० प्रतिशत कैद भुक्तान गरेका, जेलमा नकारात्मक लिष्टमा नपरेका र असल चालचलन भएका ५३४ जनाको कैद मिनाहका लागि सिफारिस गरेको गृह स्रोतले जानकारी दियो ।
‘५० प्रतिशत कैद भुक्तान गरेका ५३४ जनाको कैद मिनाह गर्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने र ७ जनालाई आम माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ,’ गृह स्रोतले भन्यो ।
त्यस्तै गृहले ७ जनालाई आम माफी दिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । राष्ट्रपतिले स्वीकृती दिएपछि उनीहरूलाई आममाफीका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने पनि गृहले जनाएको छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया