नेपाली सेनाद्वारा गाँजा तस्कर पक्राउ
काठमाडौँ - राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाले विशेष सुराकीको आधारमा गाँजासहित तस्करलाई पक्राउ गरेको छ । पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको सिद्धिबक्स गणबाट निकुञ्ज प्रशासनका कर्मचारीसहित परिचालन भएको एलआरपी टोलीले विशेष सूचनाको आधारमा निकुञ्ज इलाकामा पक्राउ गरेका हुन् ।
निकुञ्जको कोर ईलाका भैँसे खोलामा अवैध रुपमा गाँजा लैजाँदै गरेको अवस्थामा हेटौडा उपमहानगरपालिका वडँ नं-३ हाँडीखोला २८ वर्षे बुद्धबहादुर व्लोन लामालाई सेनाले पक्राउ गरेको हो । पक्राउ परेका लामाबाट झण्डै एक सय चार किलाे गाँजा बरामत भएकाे र झोला तथा माेबाइल सेटसहित पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनलाई बुझाएको छ ।
नेपाली सेनाले निकुञ्ज संरक्षणमा राष्ट्रसंघबाट समेत प्रशंसा पाउँदै आएको छ । नेपाली सेनाले वन्यजन्तुको संरक्षणसहित यस्ता अवैध कार्य गर्नेलाई पक्राउ गर्ने र निकुञ्ज प्रशासनलाई बुझाउने गर्दै आएको छ । हिमाली भेगका दुर्लभ जडिवुटीदेखि दुर्लभ वन्यजन्तुको संरक्षणमा समेत सेना परिचालित छन् ।

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

यस्तो छ आज तपाईंको भाग्य
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

प्रतिक्रिया