भेरी अस्पतालका चिकित्सकद्वारा पहिलोपटक मल्टीलिगामेन्टको सफल शल्यक्रिया

काठमाडौँ - मोफसलका अस्पतालकाे चिकित्सकले पहिलोपटक 'मल्टीलिगामेन्ट' को सफल शल्यक्रिया गरका छन् । भेरी अस्पतालको चिकित्सकले रुकुमकी २८ वर्षीया प्रमिला थापाको घुँडाको सफल अपरेसन गरेका हुन् । दुई महिना अघि उनको बाँया खुट्टाको घुँडामा चोट लाग्दा तीन वटा नशामा असर परेको थियो ।
यसअघि मल्टीलिगामेन्टको शल्यक्रिया काठमाडौँका चिकित्सकले गर्ने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले इकागजलाई जानकारी दिए । उनकाअनुसार अस्पतालको चिकित्सकको सहभागीमतामा पहिलोपटक सफल शल्यक्रिया भएको हो ।
वरिष्ठ कन्सल्ट्यान्ट अर्थोपेडिक डा. तिर्थेन्द्र खडकाको टोली शल्यक्रिया गरेको थियो । उनीसहित चार जनाको टोलीले शल्यक्रिया गरेको हो । एसील, पीसीएल र एलसीएल नशाको सफल शल्यक्रिया भएको हो ।
पहाडी भेगको बाटोमा हिड्दा महिलाको घुँडामा रहेको तीन वटा नशामा असर परेको थियो । हिड्दा-हिड्दै खुट्टा बटारिने समस्याले महिलालाई सताएको थियो । धेरै लिगामेन्टमा असर पर्दा हिडन अप्ठयारो हुने गर्ने शल्यक्रियामा सहभागी डा. खड्काले बताए । उनकाअनुसार शल्यक्रिया नगर्दा बिरामीलाई धेरै अप्ठयारो हुने गर्छ ।
'मल्टीलिगामेन्टको शल्यक्रिया भएपछि सहजै हिंडडुल गर्न सक्नेछिन,' उनले भने,' शल्यक्रिया नगरेको भए उनलाई बारम्बार खुट्टा दुख्ने र घुँडा पनि काट्नुपर्ने अवस्था आउन सक्थ्यो ।' अस्पतालमा यस्तो प्रकारको शल्यक्रिया थोरै मात्र हुने गरेको छ । दुई वर्षमा लिगामेन्टको मात्र सय भन्दा बढी बिरामीको शल्यक्रिया गरिसकेको खड्काले जानकारी दिए ।
अस्पतालमा थापाको शल्यक्रिया खर्च मात्र १० हजार भएको डा. खडकाले बताए । मल्टीलिगामेन्टको शल्यक्रिया शुल्क अस्पतालले २० हजार रुपैयाँ लिने गरेको छ । विरामीको आर्थिक अवस्थालाई पनि ध्यानमा शुल्क छुट गरिएको उनले बताए । विभिन्न औषधि तथा अन्य सामग्री गरी बिरामीको करिब १ लाख रुपैयाँ खर्च भएको उनले बताए ।

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

प्रतिक्रिया