जग्गा कब्जा गरेपछि रुपन्देहीको मोतीपुरमा निषेधाज्ञा
बुटवल - रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ मा पर्ने मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । सो क्षेत्रमा सुकुम्वासीका नाममा औद्योगिक करिडोरको जग्गा कब्जा गरेर धमाधम संरचना निर्माण गर्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा घोषणा गरेको हो ।
कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी निषेधित क्षेत्र घोषणा गरेको सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए । अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा यथावत् रहने छ ।
निषेधित क्षेत्र पूर्व तिनाउ नदी बुटवल उपमहानगरपालिका–१७ शिवनगरदेखि वडा नं १८ सौरहिया पुलसम्म, पश्चिम हरिहरपुरको खोतीयोग्य जमिन ९ बुटवल उपमहानगरपालिका–१७, उत्तर तर्फ शिवनगर रानीगाउ बस्ती बुटवल उपमहानगरपालिका–१७ र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जग्गा धन्दापुर सौरहियासम्म तोकिएको छ । निषेधित क्षेत्रभित्र निषेध गरिएका क्रियाकलाप गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने स्थानीय प्रशासनले जनाएको छ ।

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

यस्तो छ आज तपाईंको भाग्य
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

प्रतिक्रिया