इजरायल जान लिइएको लिखित परीक्षामा २,०३९ जना उत्तिर्ण

काठमाडौँ- इजरायल जान 'केयर गिभर' का लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । लिखित परीक्षामा ६३१७ जना सहभागी भएकामध्ये २०३९ जना भाषा परीक्षामा उत्तिर्ण भएका हुन् । महिला १३९५ र पुरुष ६४४ जना उत्तिर्ण भएका हुन् ।
उत्तिर्ण भएकाहरूको उचाई र तौल तथा अन्तर्वार्ता असोज १ गतेदेखि ९ गतेसम्म हुने वैदेशिक रोजगार विभागले जनाएको छ । विभागकाअनुसार ८ बजेदेखि २ बजेसम्म अन्तर्वार्ता हुनेछ ।
परीक्षामा सहभागी उत्तिर्णलाई अन्तर्वार्ता व्यवसायिक ताथा सिप विकास तालिम प्रतिष्ठान भैँसेपाटीमा हुने भएको छ । ७ हजार ९ जनाको आवेदन स्वीकृत भएको थियो । जसमध्ये ६ हजार ३ सय जना परीक्षामा सहभागी भएका थिए । २६९० जनाको आवेदन अस्वीकृत भएको थियो ।
विभागले साउन १२ गतेदेखि आवेदन खुलाएको थियो । २१ दिनपछि आवेदन लिने काम बन्द गरेको थियो । इजरायल पुगेका नेपाली कामदारले करिब १६ अमेरिकी डलर पाउनेछन् ।

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

यस्तो छ आज तपाईंको भाग्य
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

प्रतिक्रिया