कोलकाताको टीममा केही गडबड छ : ब्रायन लारा

इन्डियन प्रिमियर लिग (आपीएल) मा अपेक्षित प्रदर्शन गर्न नकिरहेको कोलकाता नाइट राइर्डसले गत साता आफ्नो कप्तान परिवर्तन गर्यो । तर त्यसले मैदानमा परिवर्तन ल्याएको देखिएन ।
इयोन मोर्गानले कप्तानी सम्हालेपछिको पहिलो खेलमा कोलकाता मुम्बई इन्डियन्ससँग पराजित भयो । त्यसपछि, कोलकाताको पछिल्लो प्रदर्शनलाई लिएर वेष्ट इन्डिजका महान खेलाडी ब्रायन लाराको रोचक टिप्पणी आएको हो ।
लारा कोलकाताको टीम भित्र केही गडबडी हुन सक्ने अनुमान गर्छन् । जसलाई उनी टीमको खराब लयको कारण मानिरहेका छन् । ‘क्याम्प भित्र केही भइरहेको छ । जसले टीमको प्रदर्शनलाई असर गरिरहेको छ,’ लाराले स्टार स्पोटर्ससँग कुरा गर्दै भने, ‘कोलकाताको टीममा कप्तान परिवर्तन गरिरहन जरुरी थिएन । बरु सुनील नारिनेलाई पहिलो एघारमा ल्याए टीमको प्रर्दशनमा सुधार हुन सक्छ । उनले बिगतमा आफ्नो बलमा धेरै पटक कोलकातालाई जित दिलाएका छन् । उनी फेरी पनि महत्वपूर्ण खेलाडी हुन सक्छन् ।’
लाराले आन्द्रे रसेलको ब्याटिङ नचल्दा पनि टीमलाई असर गरिरेहको दाबी गरे । ‘रसेलले रन बनाउन थाल्नुपर्छ । कप्तानी त जसले पनि गर्न सक्छ । तर खेल जित्न रसेल जस्ता खेलाडीले रन बनाउन थाल्नुपर्छ,’ लाराको भनाई थियो ।

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

मुम्बईलाई हराउँदै ११ वर्षपछि पञ्जाव आइपीएलको फाइनलमा

असियन अल स्टार्ससँग म्यानचेस्टर युनाइटेड पराजित

जियो हटस्टारले किन्यो भारत-इंग्ल्याण्ड सिरिजको डिजिटल अधिकार

राष्ट्रिय कुराँस प्रतियोगिता जेठ १६ मा

प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता : पथरीशनिश्चरे र दमक विजयी

लिभरपुलको विजय यात्राको भिडमा कार कुदाइयो, ४७ जना समर्थक घाइते

प्रतिक्रिया