दीपिका एसियाको सबैभन्दा प्रभावशाली अभिनेत्री

मुम्बई : दीपिका पादुकोन चाँडै नै दोस्रो हलिउड फिल्ममा काम गरिरहेकी छिन् । पहिलो फिल्म ‘ट्रिपल एक्स ः जेन्डर केज’ले सोचे जस्तो व्यापार नगरेपछि दीपिकाको हलिउड यात्रा सुस्त गतिमा अगाडि बढिरहेको छ । तर, भारतमा त दीपिका एक नम्बर नै हुन् ।
यो कुराको पुष्टि हुन्छ उनलाई सामाजिक सञ्जालमा पछ्याउने फ्यानको संख्याले । दीपिकालाई इन्स्टामा मात्र १ सय ३९ मिलियन दर्शकले पछ्याउने गरेका छन् । यसरी पछ्याउने फ्यानलाई आधार मानेर बेलायतको गाला बिंगोले दीपिकालाई एसियाको फिल्म तथा टेलिभिजनको क्षेत्रबाट एसियाकै सबैभन्दा प्रभावशाली महिला घोषणा गरेको छ ।
गाला बिंगोले हालसालै जारी गरेको सूचीमा एसियाबाट दीपिकालाई प्रभावमा एक नम्बर मानेको हो । यसका लागि उसले सामाजिक सञ्जालका फ्यानसँगै गुगल सर्च र समाचारमा दीपिकाको उल्लेख गरिएको संख्यालाई पनि आधार मानेको थियो ।
गाला बिंगोले फिल्म र टिभीबाहेक व्यापार, राजनीति र फेसनको क्षेत्रका मानिसलाई पनि प्रभावशालीको सूचीमा समेटेको हो । यो उपलब्धि हासिल गरेसँगै दीपिका हलिउड सेलिब्रेटी एरियाना ग्रान्डे, किम कादर्सियन, एडले, सेलेन डायनको हाराहारीमा आएकी छिन् ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया