डेढ वर्षपछि बाल्टिमोरमा सांगीतिक कार्यक्रम

अमेरिकाको बाल्टिमोर सानो नेपाल जस्तै भैसक्यो । जहाँ ठूलो संख्यामा नेपालीको बसोबास रहेको छ । यहाँ हरेक नेपाली चाड पर्वमा ठूला ठूला सांगीतिक कार्यक्रम हुने गरेका छन् । हरेक वर्ष संगीतमय रहने बाल्टिमोर सहर वितेको डेढ वर्षयता सुनसान थियो ।
कोरोनाका कारण सुनसान रहेको यो सहर गत आइतबार एकाएक संगीतमय बन्यो । लामो समयदेखि अमेरिकामा बस्दै आएकी लोक गायिका सिर्जना बिरही थापाको संयोजनमा भएको सांगीतिक कार्यक्रममा प्रस्तुति दिन गायक हेमन्त शर्मा र पुरुषोत्तम न्यौपाने पनि अमेरिका पुगेका थिए ।
हेमन्त र पुरुषोत्तमको विषेश प्रस्तुती रहेको उक्त सांगीतिक कार्यक्रममा गायक भगवान भण्डारी, राजन ठकुरी, लोकगायिका सिर्जना बिरही थापाले पनि सांगीतिक माहोल तताएका थिए । ‘सगरमाथा सांगीतिक साँझ’ नाम दिएर सञ्चालन गरिएको उक्त कार्यक्रममा त्यस आसपासमा रहेका नेपालीको उल्लेख्य उपस्थिती रहेको थियो ।
‘सगरमाथा सांगीतिक साँझ’मा बरिष्ठ लोकगायक प्रेमराजा महत प्रमुख अतिथीका रुपमा उपस्थित भएका थिए । महतले दुई टुक्का गीत गाएर सुरु भएको सांगीतिक साँझ झण्डै ३ घण्टासम्म चलेको थियो ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया