गैंडाकोटमा बस र ट्रक ठोक्किँदा तीन जना मृत्यु , २४ घाइते

बुटवल - गैंडाकोटमा आज बिहान बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । गैंडाकोट नगरपालिका-१० स्थित २३ स्मृति पुल नजिकै काकँडभित्तादेखि महेन्द्रनगरतर्फ जादैँ गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान चार बजेतिर ठोक्किए दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बर्दिया जिल्ला बाँसवारी नगरपालिका वडा-८ कि ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुरको महेन्द्रनगर झलारी बस्ने ३५ वर्षीय कृष्ण राना र कञ्चनपुरकै ४० वर्षीया रंगी तिरुवा रहेको उपचारको क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए ।
उनकाअनुसार दुर्घटनामा २४ जनाघाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर, ७ जनाको अवस्था मध्यम र १४ जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरूको चितवनको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परी बस सडकदेखि १० फिट तल खसेको थियो । दुर्घटना आज विहान ४ बजेतिर भएको हो ।

धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर

चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते

यस्तो छ आज तपाईंको भाग्य
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

प्रतिक्रिया