उच्च गतिमा बाइक हाँक्दा आइफोनको क्यामरा जोखिममा

काठमाडौँ - एप्पलले मोटरसाइकल तीव्र गतिमा यात्रा गर्दा आइफोन प्रयोग नगर्न सल्लाह दिएको छ । उच्च गतिमा यात्रा गर्दा आइफोनको क्यामरामा असर पर्ने र क्यामरा बिग्रिन सक्ने एप्पलको भनाइ छ । एप्पलले आफ्नो सपोर्ट पेजमा बढी भाइब्रेसन निकाल्ने बाइकको प्रयोग गर्दा यसलरे क्यामरामा क्षति हुनसक्ने जनाएको छ ।
एप्पलले आइफोनका मोडलहरुमा उच्च प्रविधियुक्त क्यामरा प्रणाली जडान गरि राखेको छ । उच्च माध्यमबाट अप्टिकल इमेज स्टाबिलाइजेसन तथा क्लोड्ज लुप अटोफोकन प्रविधिबाट राम्रो तस्बिर खिच्न सहयोग गर्छ ।
बढी भाइब्रेसन निकाल्ने बाइकको प्रयोग गर्दा आइफोनको उच्च क्वालिटीको फोटो खिच्ने क्षमता ह्रास आउने एप्पलले जारी गरेको विज्ञप्तीमा जनाएको छ ।
उच्च क्षमतायुक्त बाइकको इन्जिनको भाइब्रेसनले आइफोनको ओआइएस तथा एएफ सिस्टम चाँडो खराब हुनसक्ने एप्पलले जनाएको छ । कम क्षमता र भाइब्रेसन निकाल्ने बाइकले भने खराब नगर्ने एप्पलले जनाएको छ ।

किशोर-किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’

गुगलको जेमिनी एआई चाँडै आईफोनमा आउने
डिपसिकले सहमतिबिना चिनियाँ कम्पनीलाई डाटा हस्तान्तरण गरेको दक्षिण कोरियाको आ…

नियम तोडेको भन्दै एप्पल र फेसबुकलाई युरोपेली आयोगले लगायो ७०० मिलियन यूरो …

इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबीच सहकार्य हुने

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट, सहज र …

क्लासिक टेकका पाँच वटा बैंक खाता रोक्का राख्न जिल्ला अदालत मोरङको पत्राचार

प्रतिक्रिया