काठ तस्करहरू प्रहरीमाथि जाइलागेपछि हवाइ फायर, गोलिया र मोटरसाइकल बरामद

वीरगञ्ज – काठ तस्करहरू जाइलागेपछि प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिका– ४ फरहदवास्थित सामुदायिक जंगलबाट काठ तस्करी भएको सूचनाका आधारमा सोमबार अपराह्न ४ बजे प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो ।
सो क्रममा चार वटा मोटरसाइकलमा सवार आठ जना तस्करहरूले प्रहरीमाथि हातपात प्रयास गरेको प्रहरीले जनाएको छ । काठका दुई वटा गोलिया ल्याउँदै गरेको अवस्थामा चार वटा मोटरसाइकलसहित आठ जना तस्करहरूलाई रोकेर सोधपुछ गर्न खोज्दा प्रहरीमाथि जाइलागेपछि सुरक्षार्थ प्रहरी सहायक निरीक्षकले बोकेको पेस्तोलबाट ३ राउन्ड हवाइ फायर गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूबाट भारतीय नम्बर प्लेटको बी आर २२ एफ ४१०८ र ना. ४० प ९३९६ नम्बरका गरी दुई वटा मोटर साइकल र काठको २ वटा गोलिया बरमद गर्न सफल भएको प्रहरीले जनाएको छ । फरार उनीहरूको खोजतलास तथा पहिचानको लागि आवश्यक पहल भइरहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया