अख्तियारका पूर्वप्रमुख बस्न्यातलाई थुनामा राख्न विशेषको आदेश

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालतले थुनामा पठाएको छ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीसद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले उनलाई पुर्पक्षका थुनामा पठाउन आदेश दिएको हो ।
बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणका अभियुक्त बस्न्यातलाई विशेषले फैसला नआएसम्म थुनामै राख्न आदेश दिएको हो ।
बस्न्यातले भौतिक योजना निर्माण मन्त्रालयको सचिव हुँदा गरेको निर्णयमा भ्रष्टाचार भएको ठहर सहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीमाथि ९ कराड ६५ लाख ७६ हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लागेको छ ।
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया