कञ्चनपुरको माहाकालीमा सशस्त्रको बिओपी स्थापना

कञ्चनपुर : कञ्चनपुरको माहाकाली नगरपालिका-१० कुतिवाकभरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) कुतिवाकभर स्थापना भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले मंसिर २८ गते आयोजित कार्यक्रममा बिओपी उद्घाटन गरेका हुन् ।
कार्यक्रममा थापाले अहिलेको परिस्थितिमा जनताको सेवा, सुरक्षाको ठूलो जिम्मेवारी आएको हुँदा व्यक्तिगत समस्यालाई ध्यानमा राखी अझै बढि अनुसाशित एवं कर्तव्यनिष्ट भई कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिए । उनले सीमा क्षेत्रमा हुने अपराधिक कृयाकलाप नियन्त्रण गर्न सशस्त्र प्रहरीको ठूलो भूमिका रहेको भन्दै सरकारको नीति अनुरुप सीमानालाई अझ मजबुद बनाउन तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्न बोर्डर आउट पोष्टहरू थप गर्दै लगिने बताए ।
कञ्चनपुर जिल्लाको सदरमुकाम देखि करिब २० किलोमिटरको दुरिमा नेपाल भारत सीमानाका भन्दा करिब २ किलोमिटर वर स्थापना गरिएको बिओपीले आइतबारबाट दैनिक कार्य सुचारु गरेको छ । कार्यक्रममा नगरपालिकाका मेयर बीरबहादुर सुनार, उपमेयर चिनी गिरी ओझा, प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, सशस्त्र प्रहरी नम्बर ७ बैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविणकुमार श्रेष्ठलगायत सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका बरिष्ठ अधिकृतहरूको उपस्थिति थियो ।

प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

नेपाली सेनाको २६२औँ स्थापना दिवस : बेलायती सेना प्रमुखद्वारा प्रशंसा

सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

सेना दिवसका अवसरमा बृहत् फोटो प्रदर्शनी

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने
प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

प्रतिक्रिया