प्रदेश २ : नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा महतो

जनकपुरधाम- नेकपा एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) को प्रदेश २ संसदीय दलको नेता शत्रुधन महतो चयन भएका छन् । नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठकले महतोलाई दलको नेता चयन गरेको सांसद प्रमोद यादवले जानकारी दिए ।
दलका नेता बनेका महतो यसअघि माओवादी र एमालेबीच विवाद हुँदा पनि माओवादी र एमाले माधवकुमार नेपाल पक्षबाट नेकपा दलको नेता चयन भएका थिए ।नेकपा एमालेबाट विभाजित भएर गठित एकीकृत समाजवादी पार्टीमा १३ जना प्रदेश सभा सदस्य छन् । दलको नेतामा महतो चयन भए पनि सचेतक भने चयन गर्न बाँकी रहेको प्रदेश सभा सदस्य प्रमोद यादवले बताए ।
प्रदेश २ मा नेकपा एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने तयारीमा छ । 'मुख्यमन्त्री लालबाबु राउतबाट सरकारमा सहभागी हुने कुरा आइरहेकै छ । तर दलले अधिकारिताको प्रमाणपत्र नपाएकोले पर्खिएका हौँ' उनले भने ।

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन…

कृषिउपजको उचित मूल्य र बजार पाउनुपर्नेमा जोड

‘विकाससँग सांसद जोडिनुपर्छ’

नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक

रवीन्द्र मिश्र र प्रसाईलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

औषधि लिमिटेडको औषधि तीन तहमै उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयद्वारा सहजीकरण समि…

प्रतिक्रिया