राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

काठमाडौँ - राष्ट्रिय वाणिज्य बैंकको ८.५ प्रतिशत आरबिबिएल, २०८३ नामको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा कारोबार हुन सक्ने गरी सोमबार सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले हस्ताक्षर गरेका हुन् ।
बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदरको कुल २ अर्ब ५० करोड रुपैंया (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र बिक्री गत जेठ २८ गतेदेखि असार ८ गतेसम्म बिक्री गरेको थियो ।
यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ । यो सम्झौतापत्र आदानप्रदान कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुख पवन रेग्मी, नेपाल स्टक एक्सचेञ्जका प्रविन पन्दाक, भेष लराज खनाल, आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेल लगायत कर्मचारीहरुकोे उपस्थिति थियो ।

हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र

सुनको मूल्य बढ्यो, तोलाको कतिमा कारोबार हुँदैछ ?

पहिलो पटक मोटरेबल सडकले जोडियो बागलुङको उपल्लोबेङ्ग्री

मानसरोबरको सिजन सुरू, कैलाश पर्वतका अझै ५ रहस्य गर्भमै

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

सिंहदरबारमा बजेट माग्नेहरूको दौडधुप घुइँचो

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु
_WReWwa01hD_72g7mzbrhuq7rpxdbvwq7rk245fltfcesgjqdcmzcr58gnq1ziycd9sz6ju0_DF22OdoZHC_btybqqqy7j6st8dze430lmav6oegbvojrqz86kwzdevflg06ctjezrpk9u5g.jpg)
प्रतिक्रिया