असोज ४ गतेबाट दशैंको नयाँ नोट वितरण सुरू

काठमाडौं- नेपाल राष्ट्र बैंकले दशैंको लागि नयाँ नोट असोज ४ गतेबाट वितरण सुरू गर्ने भएको छ । राष्ट्र बैंकले प्रत्येक दशैंमा नयाँ नोट निष्काशन गर्दै आएको छ । यो बर्ष एक व्यक्तिलाई १८ हजार ५०० का दरले वितरण गरिने नेपाल राष्ट्र बैंकका प्रवत्ता देवकुमार ढकालले जानकारी दिए ।
राष्ट्र बैंकले आफ्नो काउन्टरबाट असोज ४ गतेदेखि नयाँ नोटको वितरण गर्ने जनाएको छ। अन्य बैंकलाई हाल पनि राष्ट्र बैंकबाट नयाँ नोट वितरण गरिरहेको ढकालले जानकारी दिए । 'अन्य बैंकको माग अनुसार नयाँ नोट वितरण गर्दै जाने छौं' ढकालले बताए । राष्ट्र बैंकले प्रत्येक दशैंमा नयाँ नोट वितरण गर्दै आएको छ । गत बर्ष भने कोभिड-१९ का कारण नयाँ नोट वितरण भएको थिएन ।

कर्पोरेट महिला बाइक र्याली २०२५ सम्पन्न, साहसिकता र सशक्तीकरणको सन्देश

सुनको मूल्यमा गिरावट

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

प्रतिक्रिया