मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

केही दिनमा सुरू हुँदै टेलिकमको 'नमस्ते पे'

काठमाडौँ नेपाल टेलिकमको डिजिटल पेमेन्ट सेवा 'नमस्ते पे' केहि दिनमा सबै प्रयोगकर्ताका लागि सुरू हुन भएको छ । टेलिकमले निक्कै समयदेखि नमस्ते पे सुरूवात गर्ने तयारीमा थियो ।  टेलिकमले यसअघि समेत नमस्ते पे सार्वजनिक गर्ने मिति तय गरेको थियो । विभिन्न बहाना बनाएर यसको सार्वजनिक गर्ने मिति पर सार्दै आएको थियो।

हाल टेलिकमको कर्मचारीमाझ आन्तरिक परिक्षणमा रहेको नमस्ते पे अबको केहि दिनमा सम्पूर्ण प्रयोगकर्ताले प्रयोग गर्न पाउनेछन् । ट्वीटरमा टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले एक प्रयोगकर्ताको जवाफ दिदै अबको केहि दिनमा सेवा सुरू हुने जानकारी दिएका हुन् । ट्वीटरमा नमस्ते पे कहिले सुरू हुन्छ भन्ने प्रश्नमा अबको केहि दिनमा सेवा सुरू हुने भनेर अधिकारीले जबाफ दिएका छन् । 

नमस्ते पे भुक्तानी सेवा बिना इन्टरनेट समेत चल्ने छ । युएसएसडी बाट समेत यसबाट भुक्तानी गर्न सकिने छ ।