किन छाउघर जाँदैनन् राउटे महिला ?

सुर्खेत– राउटे युवती २१ वर्षीया गाजली शाही महिनावारीको बेलामा सँगै झुपडीमा बस्ने गर्छिन् । उनलाई महिनावारी भएपनि छाउगोठ जानु पर्दैन । गाजलीले परिवारका सबै सदस्य बस्ने झुपडीको एउटा कुनामा बस्ने गरेको बताउँछिन् । ‘छुई भएको बेला हामी भात पकाउँदैन’ गाजलीले भनिन्, ‘छुई भए पनि पर बस्नुपर्दैन ।’ महिनावारीका बेलामा खाना बनाउन नहुने भएका कारण कहिलेकाहीँ महिनावारी भएको कुरा परिवारका सदस्यलाई थाह नदिएको गाजलीले बताइन् ।
प्याडको विषयमा उनीहरु अनविज्ञ छन् । महिनावारी भएको बेलामा भने बाक्लो लुङ्गीको कपडा प्रयोग गर्ने गरेको उनले बताइन् । यस्तो बेला लगाइने प्याडबारे थाहा नभएको उनको भनाइ थियो । ‘मैले लगायाको जस्तै बाक्लो लुगा लगाउछौँ’ उनले भनिन् ‘रगत लाग्यो भने फालिदिन्छु । कपडा नभएको बेला पानीले धुन्छु । ’
राउटे समुदायकी ६१ वर्षीया दुर्शी शाहीले महिनावारीका बेलामा खाना छुन नहुने बताइन् । ‘छुई भएको बेला घरभित्रै बस्छ छोरी, घरबाट बाहिर पठाउँदैन हामीहरु’ दुर्शीले भन्छिन्, ‘भात पकाउन दिँदैनौ हामी ।’
त्यस्तै, २१ वर्षीया किशोरी सिन्गी शाहीले पनि झुपडीभित्रको कुनामा बस्ने गरेको सुनाइन् । ‘खाना पकाउन र पानी छुदैनौँ’ लजाउँदै उनले भनिन्, ‘छुई भएको बेला नुहाउन खोला पठाउँछ हामीलाई ।’
कर्णाली प्रदेश तथा सुदूरपश्चिमका जिल्लाहरुमा छाउपडी प्रथा व्याप्त रहेपनि सोही स्थानहरुका जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायका महिला महिनावारीका बेलामा छुट्टै घरमा बस्दैनन् । फिरन्ते भएको हुँदा एक ठाउँबाट अर्को ठाउँमा बस्ती सर्दा महिनावारीको समयमा समस्या हुने गरेको उक्त बस्तीकी गोल्पी शाही बताउँछिन् । ‘टोपी लायाकाले (मुखिया) भनेको मान्नै पर्यो, छुई भयाको बेला हिँड्दा दुःख हुन्छ’, उनले भनिन् ।
महिनावारीका बेलामा प्रायोग गर्ने प्याड र सरसफाइबारे भने अनभिज्ञ रहेको उनीहरुको भनाइ थियो । महिनावारीका बेला बाक्लो कपडा लगाउँने र भित्री कपडा भने प्रयोग नगर्ने उनीहरुको भनाइ थियो ।
आफ्ना जनतालाई असुरक्षाको कारण घरभित्र बस्न दिएको राउटे मुखिया महिनबहादुर शाहीले बताए । महिनावारीका बेला आफ्ना जनतालाई घरभित्रकै एउटा कुनामा बस्न दिने गरेको बताए ।
महिनावारी भएका महिलालाई दुई तरिकाले बार्ने गरेको उनले बताए । अविवाहित किशोरीलाई सात दिन र बच्चा भइसकेका महिलालाई पाँच दिन बार्नुपर्ने नियम छ । महिनावारीका बेलामा किन खाना बनाउन दिनु हुँदैन भन्ने प्रश्नमा उनी भन्छन् ‘छुई भयाको बेलामा खाना बनाएमा देउता रिसाउने भएकाले अलग्गै बस्ने नियम बनाएका छौँ ।’
कर्णाली र सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथा व्याप्त छ । राउटे समुदायमा छाउगोठ नहुनु भनेको अन्य समुदायलाई छाउगोठमा बस्नुहुँदैन भन्ने सकारात्मक सन्देश दिनु रहेको राउटे प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारी बताउँछिन् ।
‘कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथा व्याप्त छ, शिक्षित वर्ग पनि छाउगोठमा बस्छन् । तर राउटे समुदाय नै सुरक्षित तरिका अपनाएर घरभित्रकै एउटा कुनामा बस्छन्’ उनी भन्छिन्, ‘राउटेबाट छाउगोठ बस्ने समुदायले सिक्नुपर्ने सन्देश हो ।’
राउटे समुदायमा जोडी शिक्षकको रुपमा कार्यरत दुर्गा विसीले छाउपडी प्रथाको सन्दर्भमा राउटे समूदाय अन्य समुदाय भन्दा अगाडि रहेको बताउँछिन् ।
‘छाउ भएको बेलामा घरमा बस्नु राम्रो पक्ष हो, तर महिनावारीको सरसफाइमा भने उति ध्यान दिएको पाइएको छैन’ थापाले उनले भनिन्, ‘यो समुदायलाई महिनावारी सरसफाईका विषयमा पनि सिकाउन जरुरी रहेको छ ।’ सुर्खेतको गुर्भाकोटमा बस्दै आएका राउटे समुदायको सङ्ख्या एक सय ३८ छ । जसमध्ये ५४ जना महिला छन् ।

बालेनले प्रधानमन्त्री ओलीलाई भ्रष्ट्रचारीको नाइके भन्दै भनेः आइ डन्ट सपोर्ट योर क्…

नारायणी नदीमा अधिकांश प्लास्टिकजन्य फोहोर

प्राचीन स्मारक कसूर मुद्दाका फरार ५ बर्ष पछि पक्राउ

वाणिज्य विभागको अनुगमनप्रति नेसनल प्याब्सनको आपत्ति, शिक्षा क्षेत्रप्रति संवेदनशी…

१ सय ७२ किलो गाँजासहित मकवानपुरमा २ जना पक्राउ

अखेटोपहारसहित दुई जना पक्राउ
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

प्रतिक्रिया