माधव नेपालसहित १५ सांसदविरुद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौँ – नेकपा एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) दल गठन गरेका माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध सर्वाेच्च अदालतमा दायर रिटको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ सांसदलाई पदमुक्त गर्नुपर्ने भन्दै सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई समेत विपक्षी बनाएर दायर रिट हेर्न नभ्याइनेमा परेको हो । न्यायाधीशहरू दीपक कार्की र मीरा खड्काको संयुक्त इजलासमा तोकिएको भए पनि हेर्न नभ्याइनेमा परेको हो ।
नेकपा एमालेले कारबाही गरेर साधारण सदस्य र संसद् सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानूनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको आरोप लगाउँदै सर्वोच्चमा रिट दायर गरेको थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया