बुबासँग झगडा गरिरहेकी ब्रिट्नीले सुटुक्क गरिन् इंगेजमेन्ट

लसएन्जल्स - बुबाको संरक्षणबाट मुक्त हुन अदालतमा लडिरहेकी ब्रिट्नीले आइतबार सुटुक्क इंगेजमेन्ट गरेकी छिन् । ब्रिट्नीले आइतबार एउटा भिडियो पोस्ट गर्दै ५ वर्षदेखि सँगै बस्दै आएका साम असघारीसँग इंगेजमेन्ट गरेको सूचना दिएकी हुन् ।
उनले भिडियोमा इंगेजमेन्ट रिङ देखाएकी छिन् र क्याम्पसनमा आफूलाई इंगेजमेन्ट गरेको कुरा पत्यार नै नलागेको बताएकी छिन् । ब्रिट्नीले भिडियो पोस्ट गरेको केही समयपछि नै असघारीले पनि ब्रिट्नीलाई चुम्बन गर्दै गरेको फोटो पोस्ट गरेका थिए । योबाहेक औठी देखिने फोटो पनि पोस्ट गरेका थिए ।
असघारीका म्यानेजर ब्रान्डेन कोहनले पनि दुवैले इंगेमेन्ट गरेको स्वीकार गरे । गत जुन २३ मा ब्रिट्नीले अदालतमा उपस्थित हुँदै आफूलाई बुबाले बन्दी बनाएको र विवाह गरेर बच्चा जन्माउन पनि अवरोध गरेको गुनासो गरेकी थिइन् ।
त्यसयता विवाद बढ्दै गएपछि केही समयअघि मात्र बुबाले आफू ब्रिट्नीको संरक्षणकर्ताको भूमिकाबाट बाहिरिन चाहेको बताएका थिए । ब्रिट्नीले असामान्य व्यवहार देखाउन थालेपछि अदालतले उनको कमाइदेखि लिएर जीवनका हरेक निर्णय बुबाको तजबिजमा हुन पर्ने निर्णय गरेको थियो । जसको ब्रिट्नीले विरोध गर्दै आएकी थिइन् । साम र ब्रिट्नी सन् २०१६ देखि एक अर्कालाई डेट गर्दै आइरहेका थिए ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया