निर्वाचन प्रकृया रोक्न एनआरएनएलाई परराष्ट्रको पत्र
काठमाडौँ- परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ । परराष्ट्रले विभिन्न देशमा समस्या रहेको भन्दै निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको हो ।
एनआरएनएको आगामी महाधिवेशनमा भाग लिने प्रतिनिधिहरू विधान विपरित सिफारिस गरेकाले महाधिवेशनको काम अगाडी नबढाउन निवेदन परेको परराष्ट्रले जनाएको छ ।
परराष्ट्रका अनुसार उक्त निवेदनमा राष्ट्रिय समन्वय परिषद्को प्रतिनिधि छनौट प्रक्रियामा अस्ट्रेलिया, जर्मनी, अमेरिका, न्यूजिल्याण्ड, बेल्जियम, साइप्रस, अस्ट्रिया, बेलायत, चेक गणतन्त्र, स्वीजरल्याण्ड, स्वीडेन, नेदरल्याण्ड, डेनमार्क, पोर्चुगललगायत मुलुकहरूमा समस्या रहेको पत्रमा उल्लेख छ ।
त्यस्तै जापानको राष्ट्रिय समन्वय परिषद्को निर्वाचनका सम्बन्धमा उठेका विषयबारेमा सम्बोधन नगरिएको पत्रमा लेखिएको छ ।

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

प्रतिक्रिया