जरिवानामा पर्ने कि शंकास्पद छानबिनको दायरामा ?

काठमाडौं - आजसम्म सम्पत्ति विवरण नबुझाए सरकारी सुविधाभोगीहरू कि त जरिवानाको परिबन्दमा पर्छन् या शंकास्पद धन आर्जनकर्ता बन्दै छानबिनको दायरामा पर्नेछन् । कानुनतः तोकिएको समय–सीमाभित्र सम्पत्ति नबुझाउनेहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगतका वर्षमा जरिवाना गरेको थियो ।
राष्ट्रिय किताबखानाका अनुसार, हिजोसम्म निजामती कर्मचारीतिर ७५ हजार ७ सय ७५ जनाले सम्पत्ति विवरण बुझाएका छन् । त्यसरी नै प्रहरीका १ लाख ५ हजार ३ सय ४९ र शिक्षकहरू ८४ हजार ९ सय ३३ ले सम्पत्ति विवरण बुझाएका छन् । राष्ट्रिय किताबखानाले निजामती कर्मचारी, प्रहरी र शिक्षकको सम्पत्ति विवरण संकलन गरिरहेको छ ।
किताबखानाका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार, अब बाँकीले आजै सम्पत्ति विवरण नबुझाएको खण्डमा भ्रष्टाचार निवारण ऐनअनुरुप पाँच हजार जरिवाना तिर्नुपर्नेछ । अझ सम्पत्ति विवरण नबुझाएको खण्डमा शंकास्पद ठान्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन समेत गर्न सक्छ ।
भ्रष्टाचार निवारण ऐनअनुसार सरकारी ढुकुटी तलब खानेहरूले हरेक आर्थिक वर्ष शुरु भएको ६० दिनभित्र अद्यावधिक सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।
महानिर्देशक सुवेदीका अनुसार, कोही विशेष वा असमान्य परिस्थितिवश सम्पत्ति विवरण बुझाउन नसक्ने भएमा कारण खोली विभागीय प्रमुखलाई जानकारी दिनुपर्ने व्यवस्था छ । तर, त्यस्ता व्यक्तिले पनि तीस दिनभित्र बुझाउनुपर्ने व्यवस्था छ ।
किताबखानाले सजिलोका निम्ति कार्यरत कार्यालयबाटै एकमुष्ट रुपमा बुझुने व्यवस्था समेत गरेको थियो । विभागले गोश्वारा हुलाकबाट सम्पत्ति संकलन गरेको थियो ।
किताबखानाले निजामती, प्रहरी र शिक्षकको मात्र सम्पत्ति विवरण बटुल्छ । अरु निकाय, संस्थाका राजनीतिक नियुक्ति र निर्वाचित पदाधिकारीहरूका फरक–फरक ठाउँमा विवरण संकलित हुन्छ । राष्ट्रपति, उपराष्ट्रपतिका हकमा त्यही निकायमा सम्पत्ति विवरण रहन्छ भने संसद् पदाधिकारीले संसद् सचिवालयमा बुझाउँछन् । सेनाले आफ्नै अभिलेखालयमा दर्ता गर्ने व्यवस्था छ । आप्mनै उनीहरूकै निकायमा बुझाउने व्यवस्था छ ।
कुनै पनि कर्मचारीसँग स्रोत नखुलेको या अकुत सम्पत्ति भएको शंका लागेमा संकलित विवरणलाई आधार बनाउँदै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप अख्तियारले छानबिन गर्न सक्ने व्यवस्था छ । सरकारी सुविधाभोगीहरूले आर्जनअनुरुप अमिल्दो जीवनशैली देखेमा जो सुकैले उजुरी दिन सक्छन् । त्यस्ता उजुरीमा किताबखानामा संकलित विवरणलाई आधार बनाउँदै आयोगले अनुसन्धान अघि बढाउन सक्छ । सरकारी ढुकुटीबाट सुविधा लिने जो सुकै व्यक्तिविरुद्ध अख्तियारले ‘गोप्य’ले उक्त सम्पत्ति विवरण लिन सक्छ । आयोगले माग गरेको खण्डमा सम्पत्ति विवरण किताबखानाले बुझाउनुपर्ने हुन्छ ।
वर्षेनि कम्तीमा पाँच प्रतिशत शंकास्पद सरकारी सुविधाभोगीको सम्पत्ति छानबिन गर्ने हो भने भ्रष्टाचारमा न्यून आउन सक्छ । तर, यसरी सक्रियतापूर्वक सम्पत्ति विवरण छानबिन हुन नसक्दा संकलन कार्य पनि ‘कर्मकाण्डी’ जस्तै बनेको छ ।
भ्रष्टाचार निवारण ऐन २०५९ आएपछि अख्तियारले केही वर्ष अमिल्दो जीवनशैली व्यतित गर्ने उच्च सरकारी अधिकारीहरूको सम्पत्ति छानबिन बनाएको थियो । तर, पछिल्लो समयमा सरकारी सुविधाभोगीका अकुत अवैध आर्जनसम्बन्धी अनुसन्धान कार्य सुस्त छ । यद्यपि अख्तियारले अतिरिक्त सक्रियता प्रदर्शन गर्दै कुनै पनि प्रधानमन्त्रीदेखि कार्यालय सहायकसम्म ह्वात्तै सम्पत्ति जोडिएको देखिएमा छानबिन गर्न सक्छ । त्यसका निम्ति यो संकलित विवरण प्रमाण मानिन्छ ।

विकल पौडेल माथी तोकियो अर्को पनि सजायँ, २ बर्ष कैदसहित १३ करोड ५८ लाख जरिव…

रेशम चौधरी रिहा

रेशम चौधरीलाई छुटाउन सर्वोच्चले पठायो अर्को पत्र, केही बेरमा छुटन सक्ने

नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई कारागार बुझाइयो

गगन थापासँग लिखित जवाफ माग्न सर्वोच्चको आदेश

गगन थापा बिरूद्दको मुद्दाको प्रारम्भिक सुनवाइ सकियो

राप्रपा नेता मिश्र र मेडिकल व्यवसायी प्रसाईंसहितलाई थप सात दिन हिरासतमा राख्न…

प्रतिक्रिया