दशैंको मुखमा सवारीसाधनको मूल्य वृद्धि
दशैं बजार प्रभावित हुने संकेत

काठमाडौँ– सरकारले बजेटमार्फत् अन्तःशुल्क वृद्धि गरिदिएसँगै मोटरसाइकल, स्कुटरजस्ता दुई पांग्रे सवारीसाधनको दशैंको मुखमा मूल्य बढ्ने भएको छ । १५० सीसीसम्मको मोटरसाइकलमा उपभोक्तामाथि अतिरिक्त १५ देखि १८ हजार रुपैयाँ भार थपिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले यसअघिको अध्यादेश बजेटको प्रतिस्थापन विधेयक पेस गर्दै अन्तःशुल्क बढाएका छन् । यसले दशैंको मुखमा सवारीसाधन थप महँगो बनाइदिएको छ । कर बढेसँगै दशैं बजारसमेत प्रभावित हुनसक्ने दुईपांग्रे सवारीसाधनका बिक्रेताहरू बताउँछन् ।
कोभिड–१९ महामारीका कारण सवारीसाधनको बजार त्यसै पनि ओरालो लागेको थियो । यद्यपि महामारीको जोखिमका कारण सर्वसाधारणले सार्वजनिक यातायातभन्दा पनि निजी सवारीको प्रयोगमा आकर्षित भएका थिए । यस्ता सवारी साधन विलासिता (लक्जरी) भन्दा पनि उपयोगिता धेरै छ । तसर्थ, मोटरसाइकल र स्कुटर विलासिताको साधन होइन न्युनतम आवश्यकता बनिसकेको छ ।
खासगरी हाम्रो भौगोलिक अवस्थाका कारण नेपालमा १२५ देखि २५० सीसीसम्मका मोटरसाइकलहरू ज्यादा लोकप्रिय छन् । यही सेगमेन्टका मोटरसाइकल धेरै बिक्री हुने बिक्रेताहरू बढाउँछन् ।
‘२५० सीसीभन्दा माथिका मोटरसाइकलहरू महँगा छन् र विलासिताका लागि प्रयोग हुने भएकाले यसमा कर बढ्नुलाई अस्वभाविक मान्न सकिदैंन,’ एक बिक्रेताले भने, ‘तर बढी प्रयोग हुने र उपयोगीताका साधन (खासगरी १२५ देखि १५५ सीसीसम्मका मोटरसाइकल) को अन्तःशुल्क १० प्रतिशत बिन्दूले बढाएर ५० प्रतिशत पुर्याइनुले उपभोक्तालाई मार पारेको छ ।’
बजेटले २०० देखि २५० सीसीसम्मको मोटरसाइकलमा पनि १० प्रतिशतले अन्तःशुल्क बढाएर ६० प्रतिशत पुर्याएको छ । बजेटले एसेम्ब्लिङ प्लान्टहरूलाई प्रोत्साहन स्वरूप अन्तःशुल्कमा दिँदै आएको छुट २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पु¥याएको छ । यसबाट सरकारले मुलुकमै मोटरसाइकलको एसेम्बलिङलाई प्रोत्साहन गरी अर्थतन्त्रमा मूल्य अभिवृद्धि (भ्यालु एडिसन) गर्न खोजेको देखिएको छ । तर सरकारको यो नीतिले तत्काल उत्पादकलाई फाइदा भएपनि उपभोक्ताका लागि भने भार थपिएको छ ।
नेपालमा सवारीसाधनमा लगाइँदै आएको कर विश्वमै सबैभन्दा बढीमध्येमा पर्छ । खासगरी सवारीसाधनको उपयोगिताका आधारमा औचित्यपूर्ण कर नीति लागू गर्नेमा सरकारले सवारीसाधन भन्ने बित्तिकै यसलाई कर उठाउने आयातका रूपमा व्यवहार गर्दै आएको छ ।

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

प्रतिक्रिया