थप ८३० जनामा कोभिड संक्रमण पुष्टि

काठमाडौं : नेपालमा आइतबार थप ८३० जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा रहेको ७९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ८३० जनामा कोभिड देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै काठमाडौंमा २५८, ललितपुरमा ६५ र भक्तपुरमा २५ संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप ९ जनाको ज्यान गएको छ भने हालसम्म १६ सय ९८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
नेपालमा थप १५०० जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ३५ हजार ७३१ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

बीमाको 'फेक क्लेम' गर्ने अस्पतालको सम्बन्धन खारेज गर्नुपर्छ : मन्त्री पौडेल

प्रतिक्रिया