पर्यटन मजदूरलाई ४० दिनको रोजगारी

काठमाडौँ - पर्यटन सम्वद्ध मजदुर श्रमिकले अल्पकालीन रोजगारी पाउने भएका छन् । कोभिड १९ संक्रमणको जोखिमले पर्यटन क्षेत्र बन्द हुँदा कामविहीन भएका होटल पर्यटन क्षेत्रका मजदुर श्रमिकले काम पाउने भएका हुन् । युएनडिपीको सहयोगमा पर्यटन बोर्ड र होटल संघ नेपालले पर्यटकीय स्थलको सरसफाई, रंगरोगन गर्ने काम दिएर श्रमिक मजदुरलाई अल्पकालीन रोजगारी दिन लागेका हुन् ।
होटल संघ नेपालले आइतबार एक कार्यक्रमका बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी भाग सफा गर्ने कामको सुरुवात गरेको छ । दैनिक एक हजारको दरले रकम पाउनेगरी ४० दिनको रोजगारी दिन लागिएको होटल संघका प्रथम उपाध्यक्ष विनायक शाहले बताए ।
यता मजदुर संगठनका प्रतिनिधिले बेरोजगार बसेका श्रमिका मजदुरले चाडबाडको मुखमा थोरै भएपनि आर्थिक उपार्जन हुने रोजगारी पाउनु खुसीको कुरा भएको बताए ।
यो अल्पकालीन रोजगारीबाट करिब ५ हजार जना श्रमिक मजदुर प्रत्यक्ष लाभान्वित हुने बताइएको छ । यस कार्यक्रममा पर्यटन सम्वद्ध सबै क्षेत्रका संघसंस्था छाता संगठनले आ–आफ्ना क्षेत्रका मजदुर, श्रमिकलाई काम लगाउन थालेका छन् ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया