१२ जना सहसचिवको भाग्य फैसला असोज ५ गतेदेखि
काठमाडौँ- लोकसेवा आयोगले अप्राविधिक (प्रशासन) तर्फको १२ जना सहसचिवका लागि लिखित परीक्षा उत्तीर्ण गरेकाहरुको अन्तर्वार्ता आगामी असोज ५ गतेदेखि सुरु गर्ने भएको छ ।
पाँच वर्ष उपसचिव भई कार्यरत रहेका कर्मचारीहरुबीच आन्तरिक प्रतियोगितामार्फत नियुक्त हुन लागेका उनीहरुको अन्तर्वार्ता आगामी असोज १५ गतेभित्र पूरा गर्ने लोक सेवाको तयारी छ ।
आयोग स्रोतका अनुसार यसपालि यी सहसचिवका परीक्षार्थीहरुको लिखित परीक्षाको नतिजा २९ दिनभित्र सकिएको हो । आयोगको इतिहासमा अहिलेसम्मकै सबैभन्दा कम समयमा लिखित परीक्षाको नतिजा भएको हो । यसअघि आयोगले सबैभन्दा कम ४६ दिनभित्र लिखित परीक्षाको नतिजा निकालेको थियो । आयोगको औसत परीक्षाको नतिजा निष्काशन अवधि दुई महिना छ ।
अप्राविधिकतर्फ प्रशासन, न्याय सेवा लगायतका दरबन्दी छन् । त्यसैगरी आयोगले प्राविधिकतर्फको पनि परीक्षा प्रक्रिया सञ्चालन गर्ने भएको छ । प्राविधिकतर्फ उपसमूह धेरै भएकाले प्रशासनभन्दा दरबन्दी बढी हुने गर्छ । सिंचाइ, वन, कृषि, खानेपानी, हाइवे, हाइड्रोपावर आदि उपसमूहमध्ये हरेकजसोमा रिक्त भइरहने हुन्छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया